मेभोक्स हेलमेट अब नेपाली बजारमा, मूल्य २ हजार देखि ४ हजार सम्म
काठमाडौं – केही दिन पहिले मात्र भारतीय बजारमा लञ्च भएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराएको हो ।
फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सय देखि ४ हजार ८ सय रुपैयाँ सम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।

हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।
हेलमेटले गुणस्तरको लागि भारतीय सुरक्षा मापदण्ड अनुसारको आईएसआई सर्टिफिकेट प्राप्त गरेको छ भने संयुक्त राष्ट्रसंघको ईसीई सर्टिफिकेट समेत प्राप्त गर्ने प्रक्रियामा रहेको बताएको छ ।
सन्धार टेक्नोलाजिज र एमकिन इन्डष्ट्रिजको संयुक्त लगानीमा सन्धार एमकिन इन्डष्ट्रिजको स्थापना भएको हो । मेभोक्स हेलमेट उत्पादनका लागि भारतको मानेसरमा प्लान्ट स्थापना भएको छ । वार्षिक रुपमा २० लाख हेलमेट उत्पादन गर्ने क्षमता भएको उक्त प्लान्टमार्फत यो आर्थिक वर्षमा ७ देखि ८ लाख हेलमेट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिले देखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
-
अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द (तस्बिरहरू)
-
चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण