प्रदेश ३ सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा, सांसदहरुले तीन दिनको तलब दिने
मङ्गलबार, १९ चैत २०७५, ११ : ५०
१
काठमाडौँ– बारा र पर्सा जिल्लामा आएको आँधीहुरीबाट प्रभावितहरुलाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसैक्रममा प्रदेश तीन सरकारले हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यसअघि सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोलीले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
-
विश्वकपमा इरानमाथि अमेरिकाको कडा नीति : खेल सकिएको केही घण्टामै देश छाड्नुपर्ने
-
सांसद निश्कल राईको संकल्प
-
मासु खान चोरिएका सयौँ बिरालोको उद्धार
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण