प्रदेश ३ सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा, सांसदहरुले तीन दिनको तलब दिने
मङ्गलबार, १९ चैत २०७५, ११ : ५०
१

काठमाडौँ– बारा र पर्सा जिल्लामा आएको आँधीहुरीबाट प्रभावितहरुलाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसैक्रममा प्रदेश तीन सरकारले हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यसअघि सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोलीले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार