यो कुन ठाउँ हो जहाँ स्याउको वर्षा भयो ?
बीबीसी
फोटोग्राफर मेटिल्डा टेम्वर्लेले समरसेटका यी तस्बिरलाई आफ्नो क्यामरामा कैद गर्नका लागि लगभग एक वर्षको समय लगाइन् । उनका तस्बिरमा अनुहार मात्र होइन, ती अनुहारसँग जोडिएका जीवन पनि छ । यी तस्बिरमा रंग छैनन् । यी श्यामश्वेत छन् । यी तस्बिरले समरसेटको जीवन र रहन–सहन बयान गर्छ ।
ग्लास्टोनबरीमा चेलिस वेल गार्डेन्समा गर्मीको पहिलो दिनको स्वागत गर्नका लागि जम्मा भएका मानिसहरु
सन् २०१७ मा रुरल लाइफ म्युजियमले मेटिल्डा टेम्पर्लेलाई यदि समरसेटमा एक दिन वा एक हप्ता वा एक महिना वा एक वर्ष बिताउने समय पाएको खण्डमा कुन कुरालाई आफ्नो क्यामरामा कैद गर्छन् भन्ने प्रश्न सोधे ।
फोटोग्राफरले आफ्नो क्यामरामा ती कुराहरु कैद गरिन् जसको माझमा उनी हुर्केकी थिइन् – पहाड, घाँस र सर्वसाधारण ।
समरसेटको एक चौरमा आफ्नो घाँस काट्ने औजारलाई बनाउँदै एक महिला । यी महिला तिंकर बबल समुदायकी हुन् । यो समुदाय आफ्नो घर आफैं बनाउँछन् र बिजुलीका लागि उनीहरु सौर्य र वायु ऊर्जाको प्रयोग गर्छन् ।
यो रोजर विल्किनको हात हो । यहाँ हातबाट भेनेगर तयार गर्छन् । यो तयार गर्दा हात यस्तो हुन्छ ।
बुरो हिलमा लटरम्म फलेका स्याउका बोट । एक मसिनले रुखलाई हल्लाएर स्याउ खसालिरहेको दृश्य ।
आफ्नो विवाह हुने दिनको बिहान आइल नदीमा पौडी खेलिरहेकी लारा स्टोवर
एड्रियन सेलिक जालीलाई बलियो गरी बाँधिरहेका छन् । उनी माछा पाल्छन् ।
ब्रेन्ट नलमा वेस्ट क्राफ्ट साइडर फार्ममा मौरी पालन गर्छन् ।
आफ्नो खेतमा उभिएका दुई किसान म्याकोलम मस्ग्रोव र जोन डायर ।
बेल्टेन सेलिब्रेशनको क्रममा लगाइएको आगो । यो एउटा पर्व हो जहाँ मानिसहरु आगोमा हाम फाल्छन् ।
सूर्योदय हेर्न जम्मा भएका स्थानीय । ग्लास्टनबरी टोरमा मानिसहरु टाढा–टाढाबाट आएर सूर्योदय हेर्छन् ।
यहाँका मानिसहरुको मुख्य पेशा खेती किसानी र पशुपालन हो । एक एग्रीकल्चर शोको क्रममा यो बाख्रा पनि देखियो ।
बीफ यंग ह्यान्डलर्स प्रतियोगितामा पहिलो पुरस्कार जितेपछि पोज दिँर्द टेम्पल रोजबट र ग्रेस ।
डोरीमा हिँडेर आफ्नो कला देखाउँदै एक व्यक्ति ।
यी सबै तस्बिरले समरसेटको दैनिकी देखाउँछ । फोटोग्राफरको यो प्रोजेक्ट समरसेट रुरल लाइफ म्युजियममा जून १ सम्म खुल्ला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण