कमेडीमा मात्र होइन कमाइ पनि उत्तिकै सफल छन् कपिल शर्मा, वार्षिक कमाइ कति ?
मुम्बई – बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माले कलर्स च्यानलमा प्रशारण गरेको ‘कमेडी नाइट्स विथ कपिल’ शो लोकप्रिय भयो । सन् २००७ मा ‘द ग्रेट इन्डियन लाफ्टर शो’ बाट आफ्नो करियर शुरु गरेका थिए । उनले उक्त प्रतियोगिता जितेका थिए जसबापत उनललाई १० लाख पुरस्कार दिइएको थियो ।
उनले त्यसपछि कमेडी शोहरु चलाउन थाले । उनी हरेक एपिसोडका लागि मोटो रकम लिने गर्छन् । उनीसँग भएका कार र अन्य महंगा चीजहरुबाट पनि थाहा हुन्छ कि उनी कमेडीमा मात्र होइन कमाईमा पनि उत्तिकै सफल छन् ।
उनको मुम्बईमा घर छ । साथै, रेन्ज रोवरजस्ता निकै महंगा र बिलासी कार पनि छन् । उनीसँग सन् २०१३ मा रेन्ज रोवर इवोक एसडीफोर (Range Rover Evoque SD4) थियो । त्यतिबेला उनी कमेडी सर्कसको सिरिजमा काम गर्थे ।
अहिले कपिल शर्मासँग सबैभन्दा महंगो मर्सिडिज बेन्ज र एसयूभी कार छ । जसको मूल्य ५० देखि ६० लाख मूल्य बराबरको हो । यसका साथै उनको नीजि भ्यानिटी भ्यान पनि छ । जसको मूल्य करिब ५ करोड ५० लाख रहेको छ ।
कपिल शर्मा ‘द कपिल शर्मा शो’ बाहेक स्टेज शो र केहि ब्रान्डका विज्ञापनबाट पनि कमाई गर्छन् । रिपोर्टको अनुसार उनी सोलो स्टेज प्रस्तुतीको लागि करिब ७५ लाख लिन्छन् ।
उनी आफैले ट्विट गरेर १५ करोड आम्दानी कर तिर्दै आएको बताएका छन् । अमेरिकी म्यागाजिक फोब्र्समा उनी सबैभन्दा धेरै कमाई गर्ने बलिउड स्टारको सूचीमा सन् २०१२ मा ९६ औँ स्थानमा थिए भने २०१६ मा २७ औँ स्थानमा थिए ।
उनको कुल सम्पत्ति २६ मिलियन डलर रहेको छ । उनको आम्दानी ५ वर्षमा ३८० प्रतिशत बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण