शाहरुखका छोरा सह–निर्देशकको रुपमा बलिउडमा डेब्यू गर्दै
शाहरुख खानका छोरा आर्यन खान सोसल मिडियामा एक्टिभ त छैनन् तर उनका प्रशंसकले उनलाई फिल्ममा हेर्ने इच्छा व्यक्त गर्छन् । आर्यन चाँडै नै फिल्ममा डेब्यू गर्न लागेको खबर सार्वजनिक भएको छ । फिल्मी क्षेत्रमा आर्यनको यो यात्रा आफ्ना पिताका निकै मिल्ने साथी करण जोहारको फिल्म ‘तख्त’ बाट सुरु हुनेछ । आर्यन खान करण जोहरको फिल्म तख्तबाट डेब्यू गर्नेछन् । यद्यपि यो फिल्ममा उनी अभिनय भने गर्ने छैनन् ।
निर्देशक बन्न चाहन्छन् आर्यनः
आर्यनको करियर प्लानबारे शाहरुख खानले पहिले नै छोराको सपना फिल्ममा हिरो हुने नभई उनी फिल्म बनाउन चाहेको बताएका थिए । उनले आर्यनले अमेरिकाबाट फिल्म मेकिङको पढाई पनि गरिरहेको बताएका थिए ।
आर्यन खान फिल्म तख्तमा सह–निर्देशकको रुपमा डेब्यू गरिरहेका छन् । करण जोहरको यो फिल्म मुगल एराको कहानी दर्साउँछ । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ । यसमा करिना कपुर खान, रणवीर सिंह, जान्ह्वी कपुर, विकी कौशल, अनिल कपुर र भूकी पेडनेकर पनि संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण