दुर्लभ रोगको उपचार गराएर फर्किएका इरफान खानले पहिलो सट दिँदा सबै भावुक भए
बलिउड अभिनेता इरफान खानले शुक्रबारदेखि उदयपुरमा फिल्म ‘अंग्रेजी मिडियम’ को सुटिङ सुरु गरेको भारतीय मिडियाले जानकारी दिएका छन् ।
फिल्मका निर्माता दिनेश भाइजानले ५२ वर्षेले आफ्नो पहिलो सट दिँदा फिल्मका सबै सदस्य निकै भावुक भएको बताए । उनले भने, ‘इरफानलाई सेटमा फिर्ता पाउँदा निकै उत्कृष्ट महसुस भएको थियो । हामी सबैजना भावुक भएका थियौं । मेरा लागि उनीसँग पुनः काम गर्न पाउनु भाग्यको कुरा हो । उनलाई र होमी (निर्देशक होमी अड्जानिया) लाई सँगै पाउनु भनेको हामी तीनैजनाले निकै अघिदेखि देखेको सपना साकार हुनु हो ।’
इरफान खानलाई दुर्लभ रोग न्यूरोइन्डोक्राइन ट्युमर भएको थियो । उनले यसको उपचार लण्डनमा गराएका थिए । उनी केही दिन अघि मात्रै भारत फर्किएका हुन् । इरफान २१ अप्रिलसम्म उदयपुरमा बस्नेछन् ।
भारतीय मिडियाका अनुसार इरफानसँग मुम्बईबाट १८ नीजि सुरक्षाकर्मी आएका छन् । सुरक्षाकर्मीले कसैलाई पनि उनी नजिक पर्न दिएनन् । जानकारीका अनुसार नायिका राधिका मदान फिल्ममा इरफानकी छोरीको भूमिका निभाउनेछिन् । फिल्मको कहानी राधिकाको शिक्षा अर्थात् इरफानकी छोरीमा आधारित छ ।
कसैको घरमा बसे इरफानः
इरफान सुटिङको क्रममा भ्यानिटी भ्यानको साटो ब्रम्हपुरीको एउटा घरमा बसे । इमरानको स्वास्थ्यका लागि विशेष व्यवस्था गरिएको थियो । इरफान जुन घरमा इरफान बसेका थिए, उक्त घरमा जानका लागि धेरै व्यक्तिले घर मालिकको आफन्त बताउँदै भित्र जाने कोसिस गरिरहेका थिए । तर धेरैजसोको आशा पूरा हुन सकेन ।
इरफान खानले प्रशंसकलाई दिएका थिए धन्यवादः
इरफान खानले ट्वीटरमा लेखेका थिए, ‘थुप्रै पटक जित्ने दौडमा हामी यो बिर्सन्छौं कि प्रेम पाउनु कति महत्वपूर्ण हुन्छ । अब म जीवनका ती यात्रामा आफ्नो निशाना छोड्नेछु र तपाईंहरु सबैलाई प्रेम र सहयोगका लागि धन्यवाद दिन चाहन्छु । तपाईंको प्रार्थनाका कारण मलाई ठिक हुन निकै मद्दत गर्यो । अब म तपाईंहरु माझ फिर्ता भएको छु । सबैलाई भित्री मनदेखि धन्यवाद दिन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण