रिद्धिसिद्धि सिमेन्ट बजारमा, दैनिक ३ हजार टन उत्पादन गर्ने लक्ष्य
काठमाडौं– रिद्धिसिद्धि सिमेन्ट आजबाट ओपचारिक रुपमा बजारमा आएको छ ।
शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त उत्पादन रिद्धिसिद्धि युरोपेली प्रविधिबाट उत्पादित सिमेन्ट हो । यस प्रविधिकै कारण सिमिेन्टको गुणस्तरीयतामा एकरुपता हुने कम्पनीले जनाएको छ । औपचारीक रुपमा आजैबाट यो सिमेन्ट बजारमा पाइने कम्पनीले बताएको छ ।

सिमेन्टको औपचारिक उद्घाटन कार्यक्रमा सिद्धिसिद्धि सिमेन्टका निर्देशक आनन्द नेपालले सिमेन्टको उत्पादन र प्लान्टमा प्रयोग गरिएको प्रविधि बारे जानकारी गराएका थिए । संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधिबाट उत्पादित यस सिमेन्टको गुणस्तरीय एकरुपतामा जोड दिएको निर्देशक नेपालले बताए ।

गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले जानकारी दिए ।
प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भिआरएम), सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजीङ जस्ता प्रविधिले गुणस्तरमा एकरुपता ल्याउने कम्पनीको विश्वास छ ।

मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य लिएको छ ।
१० अरव स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दावी पनि कम्पनीको छ । रिद्धिसिद्धि प्रालिको स्थापना २०७३ सालमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
-
अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण