कमलरी विषयवस्तुको चलचित्र ‘लावाजुनी’लाई युनिभर्सल प्रमाणपत्र
दाङ । सञ्चारकर्मी केएल पीडितले निर्माण÷निर्देशन गरेको कमलरी विषयवस्तुको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् ।
नेपालको पश्चिमी जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलित कमलरी प्रथामा आधारित चलचित्र लावाजुनीमा कमलरी बस्दा थारु बालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथै उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगमा उठाइएको छ ।
‘पहल नेपाल’को ब्यानरमा निर्माण गरिएको चलचित्र लावाजुनीमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वलीलगायतका कलाकारहरुको अभियनय रहेको छ ।
लावाजुनीमा संगीत सन्तोष श्रेष्ठको रहेको छ । चलचित्रका गीतहरुमा कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले स्वर दिएका छन् ।
करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् ।
यसका निर्माताहरुमा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन् । लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण