सारा अली खानविरुद्ध मुद्दा दर्ता
बलिउड नायक सेफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि उनी समस्यामा परेकी हुन् ।
उक्त भिडियोमा देखिएअनुसार सारा नायक कार्तिक आर्यनसँग बाइकमा बसेकी छिन् र उनले हेलमेल लगाएकी छैनन् । भारतीय कानून अनुसार बाइक चलाउने र सवार दुबैले हेलमेल लगाउनुपर्छ ।
हेलमेट नलगाएका कारण सारालाई सोसल मिडियामा ट्रोल गरिएको छ । यो मामला यति चर्चित बन्यो कि यो पुलिससम्म पुग्यो । साराविरुद्ध पुलिसमा मुद्दा दर्ता गरिएको छ ।
@dtptraffic @DelhiPolice @CPDelhi
— Stinger Bee #NyayForIndia (@joerave) March 17, 2019
pL note that Sara Ali khan having instagram account https://t.co/UdynVSlm8A
has been riding pillion on a 2 wheeler on the streets of Delhi Without a Head Protective Helmethttps://t.co/YlijE0PodR https://t.co/ctrOxxs7gX
reg No DL 35 CK O215 pic.twitter.com/cT7hPcyqop
Please book her and the driver for being an accessory and allowing a violation to take place with full knowledge of the violation thereof vide Section 129/177 MV Act
— Stinger Bee #NyayForIndia (@joerave) March 17, 2019
Thank you https://t.co/3liqh5KO87 pic.twitter.com/iuV9ERUso2
दिल्ली पुलिसले मंगलबार दिल्लीको सडकमा साराले बाइकमा हेलमेट बिना घुमेको जवाफ मागेको बताइएको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने एक वरिष्ठ पुलिस अधिकारीले घटनासँग जोडिएका सबै तथ्य पाएपछि र त्यो पुष्टि भएपछि साराविरुद्ध ‘मोटर भेइकल एक्ट’ अनुसार एक्सन लिइने जानकारी दिएका छन् ।
स्मरण रहोस्, जब साराको भिडियो सार्वजनिक भएको थियो तब मानिसहरुले उनलाई ट्रोल गर्दै दिल्ली पुलिसलाई पनि ट्याग गरेको थियो । रोड सेफ्टी नियम तोडेका कारण साराको निकै आलोचना भयो ।
यो भिडियो दिल्लीमा इम्तियाज अलीको आउँदो फिल्मको सुटिङको हो । यद्यपि, यो पूरा विवादबारे साराको कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण