दुर्घटनापछि दम्पत्तीबीच अन्तिम बोली : 'हाम्रो भाग्य यस्तै रै’छ...'
बुटवल । ‘श्रीमान–श्रीमती रक्ताम्मे र घम्भीर घाइते थिए । उनीहरुलाई आफ्नो ज्यानको भन्दा श्रीमानलाई श्रीमतीको र श्रीमतीलाई श्रीमानको स्वास्थ्य अवस्थाको चिन्ता देखिन्थ्यो । छोरीहरु खोई ? भनेर पनि सोध्धै थिए ।’
बिहिवार गुल्मीको नेटा च्यानडाँडामा भएको जीप दुर्घटनाका प्रत्यक्षदर्शी गोविन्द घिमिरेले भने– ‘घटनास्थलदेखि बामीटक्सारसम्म मैले नै एम्बुलेन्समा राखेर ल्याएको हुँ ।’
त्यस भेगमा एम्बुलेन्स चलाउने घिमिरेले भने, ‘मैले बामीटक्सार बजारको खोल्सासम्म आइनपुग्ने बेलासम्म ती श्रीमान–श्रीमती आपसमा बोलचाल गर्दै थिए ।’
खोल्सामा आइपुग्दा श्रीमती बोल्न छाडिन् । त्यही नै उनको प्राण गएको थियो । ती श्रीमान–श्रीमती थिए मालिका गाउँपालिका –३ ह्वाङ्गदीका ३२ वर्षीय सुर्य थापा र २६ वर्षीया उनकी श्रीमती कौशिला थापा ।
उनका दुई छोरीहरुसहित एकै परिवारका चार जना बिहिवार बिहानको दुर्घटनामा परेका थिए । श्रीमतीको घटनास्थलबाट ल्याउँदै गर्दा बामीटक्सारमा ज्यान गएको र गम्भीर घाइते भएका श्रीमान र उनका दुई छोरीहरु पाल्पा प्रभास अस्पतालमा उपचार गराइरहेका छन् ।
यसरी सँधैका लागि विदा भइन्
घिमिरेका अनुसार श्रीमतीलाई सुम्सुमाउने प्रयास गर्दै सूर्यले श्रीमतीलाई सोध्धै थिए–‘तिमीलाई कहाँ–कहाँ चोट लागेको छ ? श्रीमतीले मेरो त छातीमा चोट लागेर सास फेर्न गाह्रो भयो भन्दै थिइन् ।’
‘उनले पनि श्रीमानलाई सोधिन् तपाईलाई कस्तो छ ? । उनले जवाफमा मेरो पछाडी ठाउँ–ठाउँमा चोट लागेको छ भन्दै थिए । केहि बेरपछि भन्दै थिए– ‘के गर्नु हाम्रो भाग्य यस्तै रै’छ...।’
‘बोल्दै र आपसमा यस्तै–यस्तै बिलौना गर्दै आएका उनीहरुमध्ये बामीटक्सारको खोल्सोमा आउँदा कौशिलाको बोली बन्द भएको हो,’ उनले थपे, ‘अहिले म पाल्पा प्रभास अस्पतालमै उनीहरुलाई लिएर आएको छु । उनका दुई छोरीहरुको अवस्था सामन्य बन्दै गएको छ । श्रीमानको अवस्था केहि गम्भीर छ । अहिले भित्र पुर्याएका छन् । हामी बाहिर छौं ।’
थापा इन्डियन आर्मी हुन् । उनी नयाँ वर्ष मनाउन घर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण