सलमान र ऐश्वर्याको २० वर्ष पूरानो तस्बिर किन भयो भाइरल ?
एजेन्सी – सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट एक अर्कासँग प्रेममा परेका ऐश्वर्या राय र सलमान खानको एउटा पूरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सलमान र ऐश्वर्याको जोडी बलिउडमा अत्याधिक रुचाइएको जोडी हो । उनीहरुको जोडी जस्तै प्रेम पनि अगाध नै थियो । तर, सम्बन्धमा आएको विभिन्न समस्याले उनीहरुको सम्बन्ध टुट्यो ।
भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्या सँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ । सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् । भारतीय सञ्चार माध्यम पञ्जाब केशरीका अनुसार उक्त तस्बिर उनीहरुको डेटिङको हो । तस्बिरमा क्याप्सन ‘Nations wants to know who leaked this pictures!’ लेखिएको छ ।
यद्यपि, सलमान र ऐश्वर्या यतिबेला आ–आफ्नो नीजि जीवनमा व्यस्त छन् । ऐश्वर्या अभिषेक बच्चनसँग बिहे गरेर वैवाहिक जीवन व्यतित गरिरहेकी छिन् भने सलमान अझैसम्म अविवाहित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण