जब अरिजित सिंहले ‘कलंक’ को एउटै गीतलाई १२ सय पटक गाए
आजकाल करण जोहरको नयाँ मल्टी स्टारर ‘कलंक’ को लागि फिल्मी उद्योग तात्तिएको छ । फिल्मको चर्चाको विषयलाई कायम राख्नका लागि निकै ध्यान पुर्याइएको छ । ट्रेलर–टिजरपछि गीत र कलाकारको बयान । प्रोमोशनमा व्यस्त नायक–नायिका फिल्मसँग सम्बन्धित केही मज्जाको कुरा सेयर गरिरहेका छन् । जस्तै हालै वरुण धवनले फिल्मको टाइटल गीत १२ सय पटक गाएपछि मात्र रेकर्ड गरिएको जानकारी दिएका छन् । यो गीत गाएका छन् अरिजित सिंहले ।
वरुणका अनुसार ‘कलंक नही इश्क हे’ बोलको गीत अरिजितले आफ्नो मर्जीले १२ सय पटक गाएका हुन् । उनले भने, ‘अरिजितलाई हरेक पटक गीत गाउँदा केही अभाव भएको जस्तो महसस हुन्थ्यो । यसै चक्करमा उनले यो गीतलाई १२ सय पटक पाए । यसले अरिजितको कामप्रति आफ्नो लगाव र समर्पण बताउँछ । सायद यसैकारण उनी भारतका सबैभन्दा चर्चित गायकमध्येका एक हुन् ।’
आलिया आफ्नो भूमिकाका लागि पाकिस्तानी सिरियल हेरेकी थिइन्:
आलिया भट्टले हिन्दी र अंग्रेजी मिसाएर बोल्ने भएकाले आफ्नो हिन्दी त्यति स्पष्ट नभएको बताइन् । तर कलंकमा उनले उर्दूमा कुरा गर्नु थियो । उनका निर्देशकले ‘मुगल–ए–आजम’ र ‘उमराव जान’ जस्ता फिल्म हेर्न सल्लाह दिए ता कि ग्रेस र बडी ल्याङ्वेजजस्ता कुरा सिक्न सहूलियत होस् । अलियाले यसका लागि पाकिस्तानी सिरियल ‘जिन्दगी गुलजार हे’ हेरेको जानकारी दिइन् । फिल्ममा ‘रुप’ को भूमिका थुप्रै तरिकाले सिरियलको मुख्य नायिकासँग मेल खाने निर्माण पक्षले बताएको छ । ‘जिन्दगी गुलजार हे’ मा सनम सइद नामकी पाकिस्तानी नायिकाले यो भूमिका निर्वाह गरेकी थिइन् । उनले यसबारे खबर पाउने बित्तिकै ट्वीटरमा खुसी व्यक्त गरेकी छिन् । सनमले लेखिन्, ‘यदि यो खबर फर्जी होइन भने आलियाको यो कुराले मलाई निकै खुसी दिएको छ । साथै फिल्मका लागि धेरैभन्दा धेरै शुभकामना ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण