राजकुमार हिरानी ४५ करोडको अघोषित सम्पत्तिका आरोपी, अफिसको फोहोरमा फ्याँकिएको कागजबाट भेटियो सुराग
अफिसको एक कुनामा रहेको डस्टबिनमा फ्याँकिएको ४५ करोड भारुको सम्झौता पत्रको फोटोकपी बलिउड फिल्म निर्माता राजकुमार हिरानीको अघोषित सम्पत्तिको सुराग बन्यो । मुम्बईमा आयकर विभागले बलिउड अभिनेता टाइगर श्रोफ र स्त्री फिल्मका निर्माता दिनेश विजनलाई पनि अघोषित सम्पत्ति राखेको पत्ता लगाएको छ । उनीहरुले इनकम ट्याक्स रिटर्न (आइटीआर) मा यो सम्पत्तिबारे जानकारी दिएका थिएनन् । आयकर विभागले यसको अनुसन्धान रिपोर्ट केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सिबिडिटी) लाई पठाएको छ ।
सिबिडिटी आयकर विभागको शीर्ष संस्था हो । सिबिडिटीको आदेशपछि आयकर विभागले तीनै आरोपीलाई नोटिस पठाएर सोधपुछ गर्नेछ र थप कारवाही अघि बढाउनेछ । नोटिस पाएपछि आरोपीसँग बचाउका लागि इनकम ट्याक्स ट्रिब्यूनलमा अपिल गर्ने विकल्प हुनेछ ।
फिल्मी शैलीमा भेटियो हिरानीको अघोषित सम्पत्तिको सुरागः
मुन्नाभाइ एमबीबीएस, सञ्जु र पिकेजस्ता सुपरहिट फिल्म बनाउने हिरानीसँग अघोषित सम्पत्ति भेटिएको कहानी पनि फिल्मी छ । सर्वेक्षणका लागि इनकम ट्याक्स अधिकारी हिरानीको अफिसमा पुगेका थिए । उनीहरुको नजर कुनामा फ्याँकिएको कागजमा पर्यो । उनीहरुले केही नबोली ती कागज उठाएर खल्तीमा राखे । पछि हेर्दा थाहा भयो कि यो कागज नेटफ्लिक्स र हिरानीबीच सञ्जु फिल्मको एक्जिबिशन राइट्सको विषयमा गरिएको ४५ करोडको सम्झौता थियो । जब यसको जानकारी हिरानीले भरेको एड्भान्स ट्याक्स र फाइनल आइटीआरमा खोजियो तब उनले यसबारे आयकर विभागमा केही जानकारी नदिएको पत्ता लाग्यो ।
थुप्रै सेलिब्रिटीले लुकाए सम्पत्तिः
मुम्बई आयकर विभागले सेप्टेम्बरमा चलिरहेको अनुसन्धान रिपोर्ट गत हप्ता केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको छ । विभागका प्रिन्सिपल चीफ कमिश्नर ए. अभय शंकरले भने, ‘६ महिनामा हामीले मुम्बईमा ६ सय ५० बढी सर्वेक्षण र अनुुुसन्धान गर्यौं । यसमा बलिउडका थुप्रै हस्तीका अफिस र घर पनि समावेश छ । विभागले थुप्रै हस्तीले सम्पत्ति लुकाएको बारे थाहा भएको छ । कूल एक हजार पाँच सय करोड भारुको अघोषित सम्पत्ति सार्वजनिक भएको छ । यसमा सबै वर्गका मानिस समावेश छन् ।’
टाइगर श्रोफः बागी फिल्मका लागि पाए १० करोड भारु लुकाए
अभिनेता टाइगर श्रोफको अघोषित सम्पत्ति बागी फिल्मसँग सम्बन्धित बताइएको छ । यो फिल्मका लागि उनले १० करोड भारु पाएका थिए । यसबारे उनले आफ्नो आइटीआरमा जानकारी दिएका छैनन् । अहिले टाइगर स्टूडेन्ट अफ द इयर टुको तयारीमा जुटेका छन् ।
दिनेश विजनः स्त्री फिल्मबाट पाएको २४ करोडको जानकारी लुकाएः
उनले स्त्री फिल्मका लागि पाएको २४ करोड भारुको जानकारी लुकाए । निर्माण कम्पनीले चेक साट्न जाँदा आयकर विभागले यसबारे पत्ता लगाएको थियो । निर्माताको रुपमा दिनेशले बलिउडलाई स्त्री र बदलापुरजस्ता फिल्म दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण