पाल्पामा बम विस्फोट, रुपन्देही र वर्दियामा आतंकित पार्न शंकास्पद वस्तु
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका दौरान विहिवार विहान प्रदेश ५ का केही जिल्लाका विभिन्न स्थानमा शंकास्पद वस्तु राखेर आतंकित पार्ने प्रयास भएको छ ।
पाल्पामा बम विस्फोट गराइएको छ भने अन्य स्थानमा भने अवस्था सामान्य रहेको छ ।
पल्पाको रिब्दिकोट गाउँपालिकाको कार्यालय परिसरको सेवाग्राही बस्ने प्रतिक्षलयमा विहिवार विहान करिव साढे एक बजेको समयमा बम विस्फोट भएको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।
वम विष्फोटबाट गाउँपालिकाको कार्यालय भवनमा र प्रतिक्षालयमा क्षति पुगेको एसपी पोखरेलले बताए । बम विस्फोटको कसैले जिम्मेवारी भने लिएको छैन ।
रुपन्देहीको दुई स्थानमा शंकास्पद वस्तु राखिए पनि ती नक्कली भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।
रुपन्देहीको कञ्चन गाउँपालिका २ को कार्यालयभन्दा करिव ५० मिटर दुरीमा गत राती ग्याँस सिलिन्डर विष्फोट गराइएको थियो भने टाईगर रिसोर्ट अगाडी बमजस्तो देखिने नक्कली वस्तु राखिएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । ‘तर्साउने प्रयास मात्रै भएको छ, अवस्था सामन्य छ,’ उनले भने ।
वर्दियाको बाँसगढीमा स्थानमा पनि शंकास्पद वस्तु राखिएको तर त्यो नक्कली भएको स्थानीय प्रहरीले जनाएको दिएको छ । पुर्वी रुकुम, रोल्पा, बाँके, दाङ्ग, कपिलवस्तु , प्युठान , अर्घाखाँची , गुल्मी र पश्चिम नवलरासीको अवस्था सामन्य रहेको ती जिल्लाका प्रहरीले जानकारी दिएको छ ।
बन्दको प्रभाव भने विहानै देखि परेको छ । जिल्लाका भित्री सडकहरुमा साना सवारी साधन फाटफुट चले पनि लामो दुरीका यातायातका साधनहरु समाचार तयार पर्दासम्म कुनै पनि जिल्लाबाट नछुटेको बताइएको छ । पसलहरु बन्द छन् भने बन्दले जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण