अडेल र पति साइमनबीच सम्बन्धविच्छेद
शनिबार, ०७ वैशाख २०७६, ११ : ४४
चर्चित गायिका अडेलले पति साइमन कोनेक्कीसँग सम्बन्धविच्छेद गरेकी छिन् ।
अडेलका प्रतिनिधि बेनी टारान्टिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अडेल र उनका पार्टनर अलग भएका छन् । दुवै जनाले मिलेर आफ्नो सन्तान हुर्काउनेमा प्रतिबद्धता जनाएका छन् । उनीहरुले यस विषयमा गोपनियताको माग गरेका छन् । यसबारे थप प्रतिक्रिया दिइने छैन ।’
अडेल र कोनेक्कीका एक छोरा एन्जेलो रहेका छन् । एन्जेलोको सन् २०१२ मा जन्म भएको थियो ।
ग्रामी विजेता गायिकाले आफ्नो व्यक्तिगत जीवन र कोनेक्कीसँगको सम्बन्धबारे गोपनियता अख्तियार गर्ने गरेकी छिन् । सन् २०१७ सम्म उनले कोनेक्कीसँगको सम्बन्धबारे केही खुलाइएकी थिइनन् । त्यसपछि एक कन्सर्टका दौरान उनले आफूलाई ‘विवाहीत’ भनेर सम्बोधन गरेकी थिइन् ।
कोनेक्की लाइफ वाटर र च्यारेटी ड्रपफोरड्रपका सह–संस्थापक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण