युएईमा नवनियुक्त राजदुत ढकालको स्वागत
युएई । युएईको लागि नवनियुक्त नेपाली राजदूत कृष्ण प्रसाद ढकाललाई युएईमा स्वागत गरिएको छ।
नेपाल एसोसिएशन (एनआरएनए) युएईको संयोजकत्वमा युएईमा रहेका ४ दर्जनभन्दा बढी सामाजिक संघसस्था एवम् व्यवसायीहरूको उपस्थितिमा नवनियुक्त राजदुत ढकाललाइ शुक्रबार दुबईमा स्वागत गरेका हुन् ।
कार्यक्रममा नेपाली नयाँ २०७६ को शुभकामना आदान प्रदान पनि गरिएको थियो ।
राजदुत ढकालले नयाँ बर्षको सबैलाई शुभकामना दिँदै युएईमा रहेका नेपाली कामदारको हक हितको बारेमा सदैब काम गर्ने बँताए ।
उनले विगत लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको मित्रराष्ट्र यूएईले नेपालीहरूका लागि सकारात्मक र महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा नेपाल एसोसिएशन (एनआरएनए) युएईका अध्यक्ष रमेश श्रेष्ठले यूएईमा रहेका विभिन्न नेपाली संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
आफ्नो कार्यकाल सकेर तिन वर्षअघि राजदुत धनन्जय झा नेपाल फर्किए पछि रिक्त पदमा ढकाल नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण