कफी विद करण विवादः हार्दिक–राहुलमाथि जरिवाना, १० सैनिक श्रीमतीलाई एक–एक लाख दिनुपर्ने
महिलामाथि अभद्र टिप्पणी गरेको मामलामा हार्दिक पाण्ड्या र लोकेश राहुलमाथि जरिवाना लागेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का लोकपाल डिके जेनले दुई खेलाडीलाई ड्यूटीमा ज्यान गुमाउने अर्धसैनिक बलका १० शहीदका श्रीमतीलाई एक–एक लाख जरिवाना दिन आदेश दिएको छ । साथै, क्रिकेटको विकासका लागि बनाइएको फण्डमा १०–१० लाख भारु जम्मा गर्न आदेश दिए ।
लोकपाल डिकेले भने, ‘यदि दुई खेलाडीले चार हप्ताभित्र जरिवाना राशी जम्मा गर्दैनन् भने बोर्डले उनीहरुले खेलेबापत् पाउने रकम काट्न सक्छ । दुई खेलाडीलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । यसमार्फत् उनीहरु पहिले नै लगभग ३० लाख भारु कमाउनबाट बञ्चित भइसकेका छन् ।’
लोकपालले भने, ‘देशमा क्रिकेट खेलाडी रोल मोडल हुन् । उनीहरुले आफ्नो स्तरको काम गर्नुपर्छ । यद्यपी, दुबैले माफी मागेका थिए र आफूविरुद्ध भएको कारवाहीको विरोध गरेका थिएनन् ।’
हार्दिक र राहुलले करण जोहरको च्याट शो कफी विद करणमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका थिए । पाण्ड्याले कार्यक्रममा विभिन्न महिलासँग सम्बन्ध भएको दाबी गरेका थिए । त्यसपछि सोसल मिडियामा पाण्ड्याको निकै आलोचना भएको थियो ।
सोसल मिडियामा ट्रोल भएपछि पाण्ड्याले स्पष्टिकरणमा भनेका थिए, ‘म कार्यक्रमको ढाँचामा हराएको थिएँ । मेरो उद्देश्य कसैको भावनामा ठेस् पुर्याउनु थिएन । मेरो बयानले जसको भावना आहत भएको छ, उनीहरु सबैसँग माफी चाहन्छु ।’
राहुल–हार्दिकलाई विवादपछि अष्ट्रेलिया भ्रमणबाट फिर्ता बोलाइएको थियो । दुबैलाई अनिश्चितकालका लागि निलम्बित पनि गरिएको थियो । यद्यपी, पछि निलम्बन फिर्ता लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण