‘कामसूत्र थ्रीडी’ की यी अभिनेत्रीको निधन, कसैले पनि दिएनन् समवेदना !
सिनेमा जगतकी सबैभन्दा चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानको शुक्रबार निधन भयो । वेबसाइट ग्ल्यामश्यामको रिपोर्टका अनुसार सायराको निधन हृदयघातका कारण भएको हो ।
स्मरण रहोस्, कामसूत्र थ्रीडीमा सायराले अभिनेत्री शर्लिन चोपडाको स्थान ओगटेकी थिइन् । फिल्मको रिलिजका बेला शर्लिनको विषयमा निकै विवाद पनि भएको थियो जसका कारण सायरा जुन पहिचानको हकदार थिइन् त्यो पाउन सकिनन् ।
कामसूत्र थ्रीडी का निर्माता रुपेश पलले आफू सायराको निधनमा निकै आघात भएको बताए । सायराको निधनमा उनले वेबसाइटसँग कुरा गर्दै आफूले यस्तो होला भनेर कहिले पनि नसोचेको बताए ।
रुपेशका अनुसार शर्लिनको स्थान लिएपछि सायराले निकै मुश्किलको सामना गरिन् । उनले भने, ‘सायराका लागि उक्त भूमिका निकै चुनौतीपूर्ण थियो । उनी मुस्लिम परिवारकी थिइन् त्यो पनि एकदम रुढीवादी परिवार । त्यसकारण उनलाई यो फिल्ममा लिन सबैभन्दा धेरै समस्या हामीले भोग्नुपर्यो । तर जब सायराले भूमिका निभाइन् तब उनले प्रमाणित गरिन् कि यो भूमिका उनले भन्दा राम्रो कसैले निभाउन सक्दैनथ्यो । ’
रुपेश भन्छन्, ‘मलाई यो कुराको सबैभन्दा धेरै दुःख यो छ कि सायराको मृत्यु हुँदा उनलाई कसैले पनि समवेदना व्यक्त गरेनन् । उनी उत्कृष्ट नायिका थिइन् । म उनको आत्माको शान्तीको लागि प्रार्थना गर्छु ।’
उनीअघि सन् २०१८ मा बलिउडकी नायिका श्रीदेवीको निधन पनि हृदयघातका कारण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण