मलाइका अघि नै होला अरबाज खानको विवाह ? २२ वर्ष कान्छी यी युवती बन्न सक्छिन् खान परिवारकी बुहारी
अरबाज खान र मलाइका अरोडा दुबै आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । एकातफ मलाइका नायक अर्जुन कपुरसँगको विवाहका कारण चर्चा बटुलिरहेकी छिन् । यता अरबाजले पनि आफ्नो नीजि जीवनबारे खुलासा गर्दै मलाइकासँगको सम्बन्धविच्छेदबारे खुलेर कुरा गरे ।
अरबाज र मलाइकाले सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनीहरु आ–आफ्नो जीवनमा व्यस्त भए । अरबाजले आफू अहिले जीवनको जुन मोडमा छन् त्यहाँ आइपुग्दा दोस्रो विवाहबारे सोच्न सक्ने बताएका छन् ।
मलाइकाको विवाहको खबरबारे अरबाजले भने, ‘म पनि विवाह गर्नेछु । यो एउटा यस्तो प्रथा हो जुन हाम्रो देशमा वर्षौंदेखि चल्दै आएको छ । केही विवाह चल्न सक्दनन् तर यसको अर्थ यो प्रथा नै गलत हो भन्न मिल्दैन । म जवानहरुलाई पक्कै पनि विवाह गर्नसल्लाह दिन्छु ।’
‘मेरो सम्बन्ध जसरी समाप्त भयो, त्यसमा मलाई केही भन्नु छैन । हाम्रो जीवन राम्रोसँग चलिरहेको थियो तर अचानक कुरा बिग्रन थाल्यो । यद्यपी, अब मेरो जीवन राम्रो बाटोमा छ र हुनसक्छ म दोस्रो घर बसाउनेछु ।’
उनी थप्छन्, ‘मेरो पहिलो विवाह चलेन, त्यसकारण दोस्रो विवाह गर्नुको के फाइदा भन्ने व्यक्ति म होइन । म दोस्रो पटक विवाह गर्न सक्छु । तर यसका लागि सही समय र सही व्यक्ति भेटिन आवश्यक छ ।’
स्मरण रहोस्, अरबाज खान आजकाल मोडल जर्जिया एन्ड्रियानीलाई डेट गरिरहेका छन् । जर्जिया र अरबाजको उमेरमा २२ वर्षको फरक छ । उनीहरुलाई धेरैजसो सँगै देखिन्छ ।
अरबाज र मलाइकाको विवाहको चर्चा चलिरहेका बेला कसको विवाह अगाडि हुन्छ भनेर निश्चित भने भइरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण