२०७५ सालमा यूएईमा १०३ नेपालीको मृत्यु
युएई । सयुक्त् अरब इमिरेट्स (यूएई) मा गत वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ८ महिला र ९५ जना पुरुष रहेको नेपाली दूतावास आबुधावीले जनाएको छ ।
दुतावासको तथ्याङ्कअनुसार २ महिला र ५० पुरूष गरी ५२ जनाको प्राकृतिक मृत्यु भएको छ । जसमध्ये प्राकृतिक कारण मृत्यु भएको संख्या सबै भन्दा बढी रहेको छ । प्राकृतिक कारणमा मदिरापान, हृदयघात, मष्तिस्क पक्षपात भइ मृत्यु हुने गरेको छ ।
अन्य ३१ जनाले आत्महत्या गरेका छन् । जसमा २ महिला २९ पुरूष छन् । युएईमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । त्यस्तै दुर्घटनामा परी ३ जना महिला र १५ जना पुरुष गरि १८ जना नेपालीको मृत्यु भएको छ ।
यसैगरि युएईमा गत बर्ष एकजना पुरुष र एकजना महिलाको हत्या भएको दुतावासको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाली दुतावासले २०७५ मा मृत्यु भएका सबै नेपालीहरुको शव नेपाल पठाइसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण