कलंक फ्लप भएपछि आलियाले भनिन्, ‘जनताको अदालत सबैभन्दा ठूलो हुन्छ’
करण जोहरको मल्टिस्टारर फिल्म कलंकले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छैन । यो फिल्ममा आलिया भट्ट, वरुण धवन, माधुरी दिक्षित, संजय दत्त, सोनाक्षी सिन्हा र आदित्य रोय कपुर मुख्य भूमिकामा छन् । फिल्मबाट सबैले निकै अपेक्षा गरेका थिए तर पहिलो विकेन्डमा यसले ६६.३० करोड भारु मात्र कमाउन सफल भयो ।
हालै जब एक कार्यक्रममा आलिया भट्टलाई फिल्म फ्लप भएको कारण सोध्दा उनले यसको विश्लेषण नगर्ने बताइन् । उनले भनिन्, ‘फिल्मको विश्लेषण मैले गर्ने होइन, यसको आवश्यक पनि छैन । जनताको अदालत सबैभन्दा ठूलो हुन्छ । ’
उनले थपिन्, ‘यदि दर्शकले फिल्म स्विकारेका छैनन् भने यसको अर्थ यो हो कि फिल्मले साँच्चै नै केही विशेष जादु देखाउन सकेन । हामीले मात्र यसलाई स्विकार गर्नुपर्छ र पछिका लागि पाठ सिक्नुपर्छ ।’
कलंक फ्लप हुनुको कारण के होला ?
कलंकमा राम्रो स्टारकास्ट र दमदार अभिनय हुँदा हुँदै पनि मानिसहरुले यसलाई किन रुचाएनन् ? यसको सबैभन्दा ठूलो कारण हो फिल्मको कहानी । फिल्मको कहानी निकै ढिलो गरी अघि बढ्छ । साथै यो फिल्म निकै लामो छ । अभिषेक वर्मनले यसको निर्देशन गरेका छन् भने करण जोहरले फिल्ममा १५० करोड भारु खर्च गरेर बनाएका छन् । तर फिल्म रिलिज भएको पाँच–६ दिन बितिसक्दा पनि लगानीको आधा रकम पनि उठाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण