‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व ‘रेड नोटिस’ जारी
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करमा संलग्न रहेको भन्दै चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व रेड नोटिस जारी गरेको छ ।
प्रहरी हेडक्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।
क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए ।
केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो ।
हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए ।
पानीजहाज नियन्त्रणमा परेसँगै गौतम मानव तस्कर कार्यमा संलग्न रहेको भन्दै यो घटना बाहिर आएको थियो ।
दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा पनि आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण