२०१९ भित्र अभिनयमा देखिने यी हुन् स्टार किड्स
मुम्बई – अभिनेता मोहनीश बहलकी छोरी प्रनुतनपछि केही अन्य स्टार किड्स बलिउड डेब्युका लागि तयार रहेका छन् । प्रनुतनले फिल्म ‘नोटबुक’बाट आफ्नो करियर शुरुआत गरेकी हुन् । आज चर्चाको बिषय ति स्टार किड्स हो हुन्, जो २०१९ भित्र बलिउड प्रवेश गर्दैछन् ।
करन कपाडिया

अभिनेत्री ट्वीङ्कल खन्नाको भाई करण एक्सन थ्रिलर फिल्म ‘ब्ल्याक’बाट बलिउड डेब्यु गर्दैछन् । एक सुसाइट जीन्दगीमा बनेको यो फिल्म ३ मे मा रिलिज हुँदैछ ।
अनन्य पाण्डे

चंकी पाण्डेकी छोरी अनन्य पाण्डे फिल्म ‘स्टुडेन्ट अफ द इयर २’बाट डेब्यु गर्दैछिन् । फिल्म मे महिनामा रिलिज हुँदैछ ।
करण देओल

अभिनेता तथा निर्माता सनी देओलका छोरा करण ‘पल पल दिलसे पास’बाट बलिउडमा डेब्यु गर्दैछन् । यो फिल्मको नाम उनको हजुरबुबा धर्मेन्द्र अभिनित ‘ब्ल्याकमेल’को गीत ‘पल पल दिलके पास’बाट लिइएको हो ।
अहान शेट्टी

अभिनेता सुनिल सेट्टीका छोरा अहान हिट तेलुगु फिल्म ‘आर एक्स १००’को हिन्दी रिमेकमा देखिने छन् । पोष्ट प्रोडक्सनमा रहेको यो फिल्मको सुटिङ तयारी भइरहेको छ ।
अलिजेह अग्निहोत्री

सुपरस्टार सलमान खानकी भान्जी अलिजेहले ‘दबंग ३’बाट बलिउड अभिनय सुरु गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण