न्यूयोर्कमा उपचार गराइरहेका अभिनेता ऋषि कपुर क्यान्सरमुक्त
ऋषि कपुर पछिल्लो सात महिनादेखि न्यूयोर्कमा आफ्नो उपचार गराइरहेका छन् । ऋषिले आफूलाई के रोग लागेको छ भनेर खासै जानकारी दिएका थिएनन् । तर हालै उनका साथी र फिल्म निर्माता राहुल रवैलले आफ्नो फेसबुक पोष्टमार्फत् उनी क्यान्सरमुक्त भएको घोषणा गरेका छन् ।
रवैलले मंगलबार अफ्नो पोष्टमा ऋषिसँगको फोटो सेयर गर्दै लेखे, ‘ऋषि कपुर (चिन्टु) ले क्यान्सरबाट मुक्ति पाएका छन् । ’
रणबीर र नितूको पोष्टले यसअघि नै क्यान्सरको संकेत दिएको थियोः
यसअघि ऋषिकी श्रीमती नीतू सिंहले आफ्नो पोष्टमार्फत् उनलाई क्यान्सर भएको संकेत दिएको थियो । उनले नयाँ वर्षको मौकामा आफ्नो इन्स्टाग्राम अकाउन्टमा पारिवारिक फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘ह्याप्पी २०१९, यो वर्ष कुनै संकल्प छैन आशा मात्र गर्छु । संसारमा कम ट्राफिक प्रदुषण होस् । आशा गर्छु कि भविष्यमा क्यान्सर एउटा रोग नभई एउटा राशीको मात्र नाम होस् ।’
यस्तै, उनका छोरा रणबीर कपुरको एउटा फोटो हेरेर ऋषि कपुर क्यान्सरसँग जुधिरहेको अनुमान लगाइएको थियो । केही समयअघि रणबीरले न्यूयोर्कमा आफ्ना एक प्रशंसकसँग फोटो सेयर गरेका थिए । रणबीर जहाँ उभिएका थिए त्यसको ठिक पछाडि क्यान्सर सेन्टर थियो । उनी आफ्नो पितासँग भेट्न गएको धेरैले अनुमान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण