नेटफ्लिक्ससँग मिलेर फिल्म र कार्यक्रम निर्माण गर्नेछन् ओबामा दम्पत्ति
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा फिल्म निर्माणको क्षेत्रमा उत्रिएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनी फिल्म, सिरिजको निर्माण गर्ने तयारीमा छन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन् । ओबामा दम्पत्तिले मनोरञ्जनात्मक मात्र नभई प्रेरणादायी एवं मानिसहरुलाई शिक्षित बनाउने फिल्म निर्माण गर्ने आफ्नो उद्देश्य भएको जानकारी दिएका छन् ।
सातवटा प्रोजेक्टको घोषणाः
ओबामाले गत वर्ष आफ्नो प्रोडक्सन कम्पनी हायर ग्राउन्ड बनाएका थिए । यसमार्फत् उनले सात प्रोजेक्टको घोषणा गरेका छन् । प्रिया स्वामीनाथन र टोनिया डेविससँग मिलेर उनी आफ्नो महत्वाकांक्षी योजनामा काम गर्नेछन् ।
आफ्नो नयाँ प्रोजेक्टबारे मिशेल ओबामा भन्छिन्, ‘हामीलाई यो काम निकै मनपर्छ । यसमा अत्यधिक अनुभवसँग गुज्रनुपर्छ । यसमार्फत् धेरैभन्दा धेरै कुरा सिक्न पाउँछौं । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले ती कहानीमा काम गर्नेछौं जुन हामीले दैनिक हाम्रो चारैतिर देख्ने गर्छौं । यहाँ सबैका लागि केही न केही छ । चाहे कुनै उत्सुक बच्चा हुन् वा उनको परिपक्व आमा–बुवा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण