काँग्रेसको प्रश्न : यो सरकार नेपाली जनताको कि राष्ट्रपतिज्यूको ?
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार ‘नेपाली जनातको कि राष्ट्रिपतिको ?’ भन्दै प्रश्न गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि काँग्रेसले यस्तो प्रश्न उठाएको हो ।
काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्विट गर्दै प्रश्न गरेका छन्,
‘कुनै बेला ‘श्री ५ को’सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ? आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?’
सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
यस्तै काँग्रेसका सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्बोधन प्रति आपत्ति जनाएका छन् ।
उनले भनेका छन्, ‘म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’
म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?
— Gagan Thapa (@thapagk) May 3, 2019
अन्य प्रतिक्रियाहरु
कृपया मलाई मेरो अनभिज्ञता बाट मुक्त गरिदिनु होला जानकार हरु;
— bhusan dahal (@DahalTbd) May 3, 2019
संसदमा सं राष्ट्रपति को सम्बोधन सुन्दै छु
"मेरो सरकार" भन्दै हुनुहुन्छ
यो पदावलीको प्रयोग सहि छ?? pic.twitter.com/caKZK3RbC1
अघि श्री ५ काे सरकार थियाे। त्यही भएर 'मेराे सरकार' हुकुम हुन्थ्याे। इतिहासकाे झझल्काेले मर्ने भइयाे!
— Guna Raj Luitel (@gunaraj) May 3, 2019
नेपाली सार्वभौसत्ता कहाँ छ? सरकार कसको हुन्छ? संविधानमा त यस्तो छ: pic.twitter.com/THVuLF9Sl3
— Rameshore Khanal (@rameshore) May 3, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
-
साहित्यकार शर्माको निधन
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण