मतदान नगरेकोमा विवाद चुलिदैँ गएपछि अक्षय कुमारले गरे क्यानडाको नागरिकता भएको खुलासा
एजेन्सी - बलिउड अभिनेता अक्षय कुमारको नागरिकतालाई लिएर पछिल्लो समय प्रश्न उठिरहेको थियो । भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि उनीमाथि प्रश्न उठ्न थालेका थिए ।
हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्दा अक्षय कुमार जवाफ पन्छाउन खोजिरहेका देखिन्छन् । सो सम्बादको भिडियो हाल भारतीय समाजिक संजाल प्रयोगकर्तामाझ व्यापक ट्रोल भइरहेको छ । मतदान नगर्नुको कारणमा विवाद बढ्दै गएपछि बलिउड अभिनेता रहेका उनले स्पष्टिकरण जस्तो ट्वीट गरेका छन् ।

ट्वीटमा अक्षय कुमारले लेखेका छन्, “मेरो नागरिकतामाथि यति धेरै रुची लिदैँ नकारात्मकता किन फैलाईंदैछ भनेर मलाई थाहा छैन । मसँग क्यानडाको पासपोर्ट छ भनेर मैले कहिले लुकाइन ।” अक्षयले थप लेखेका छन्, “तर फेरि विगत ७ वर्षमा म क्यानडा नगएको पनि साँचो हो । म भारतमा काम गर्छु र म भारतमै कर तिर्छु । यी वर्षहरुमा मैले कहिले पनि भारतप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्नु परेको थिएन । मेरो नागरिकताको मुद्दालाई अनावश्यक विवादमा तानिदाँ मलाई नराम्रो लागेको छ ।”
केही दिन पहिले अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६७ मिनेट लामो अन्तरवार्ता लिएका थिए । निर्वाचनको अवधिमा चुनावी प्रचार हुने खालको कुनै राजनीतिक अन्तरवार्ता दिन नपाउने आचारसंहिता भए पनि मोदी र अक्षर गैर–राजनीकि विषयमा कुरा गरेको भन्दै गफिएका थिए । अन्तरवार्तालाई लिएर भारतीय समाजिक संजाल प्रयोगकर्ता पक्ष विपक्षमा बाँडिएका थिए ।
बीबीसी हिन्दीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण