विराटनगरमा राजधानी राख्ने निर्णयबिरुद्ध धनकुटामा आन्दोलन घोषणा
प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।
राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ ।
त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए ।
धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो ।
संविधानमा प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार प्रदेश सभालाई नै दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण