आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बिकिनी लगाएर योग गरिरहेको देखिइन् नायिका, कुनै बेला डिप्रेशनकी रोगी

मङ्गलबार, २४ वैशाख २०७६, १२ : ५५
मङ्गलबार, २४ वैशाख २०७६

हलिउड स्टार ब्रिटनी स्पेयर्सको तस्बिर इन्टरनेटमा चर्चाको विषय बनेको छ । रिह्याबबाट निस्किएर ब्रिटनीले जेब्रा प्रिन्टको बिकिनी लगाएर विभिन्न आसन गरिरहेको देख्न सकिन्छ । ब्रिटनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन् । यसै भिडियोको स्क्रिन सट यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ ।

यी तस्बिरमा ब्रिटनीका प्रशंसकले निकै तारिफ गरिरहेका छन् । कतिले ‘क्विन इज ब्याक’ (रानीको फिर्ती) लेखेका छन् भने कतिले उनको फिटनेसको तारिफ गरिरहेका छन् ।

बुवाको मृत्युपछि ब्रिटनी डिप्रेशनमा गएकी थिइन् । यसै कारण उनलाई रक्सीको लत पनि लागेको थियो । लतबाट निस्कनका लागि ब्रिटनी रिह्याब सेन्टरसमेत गएकी थिइन् ।

अहिले ब्रिटनी रिह्याबबाट फिर्ता भइसकेकी छिन् । निकै स्वस्थ र खुसी देखिन्छिन् । डिप्रेशनको समस्याबाट जुधिरहेकी ब्रिटनी जीवनलाई ट्र्याकमा ल्याउने कोसिस गरिरहेकी छिन् ।

३७ वर्षकी ब्रिटनीले योगामार्फत् तौल पनि घटाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप