आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

‘भारत छोडेपछि प्रियंकालाई के भयो ?’

मङ्गलबार, २४ वैशाख २०७६, १३ : २८
मङ्गलबार, २४ वैशाख २०७६

हरेक वर्ष विदेशमा यस्ता समारोह हुन्छन् जसका तस्बिर भारतलगायत नेपालमा पनि छाइरहन्छ ।

मेट गाला समारोहमा प्रियंका चोपडाको तस्बिर यसको ताजा उदाहरण हो । न्यूयोर्कमा भएको मेट गालामा प्रियंका चोपडा आफ्ना श्रीमान निक जोनससँग गएकी थिइन् ।

यतिबेला प्रियंकाको पहिरनले मानिसहरुको ध्यान खिचिरहेको छ । यो तस्बिर जुन मौकाका हो त्यसलाई कस्ट्युम इन्स्टिच्युट गाला वा मेट बल पनि भनिन्छ ।

यो न्यूयोर्कमा मेट्रोपोलेटिन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्यूटको लाभका लागि फन्डरेन्जिङ गाला हो ।

कस्ट्यूम इन्स्टिच्यूटको वार्षिक फेशन एग्जिबिटको सुरुवात पनि यसैमार्फत् हुन्छ । सेलिब्रिटीले हरेक वर्ष एग्जिबिटको थिम अनुसार पहिरन छान्छन् र लगाउँछन् ।

प्रियंका चोपडाका लागि मेट गाला यसकारण पनि चर्चामा छ किनभने प्रियंका र निकको पहिलो भेट यसै समारोहमा भएको थियो । यो कुरा प्रियंकाले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छिन् ।

यो समारोहमा प्रियंकाबाहेक अभिनेत्री दीपिका पादुकोण पनि समावशे भइन् । तर सोसल मिडियोमा दीपिकाको नभई प्रियंकाको अत्यधिक चर्चा भइरहेको छ ।

प्रियंकाको पहिरनमा मानिसहरुले के भने ?

बीबीसी हिन्दीमा प्रियंकाको तस्बिर पोष्ट गरिएको थियो । त्यसमा केही मिनेटभित्रै हज्जारौं बढी प्रतिक्रिया आएको थियो ।

आदिल अली लेख्छन्, ‘यस्तो लाग्छ कि हेलोविन पार्टी हुँदैछ ।’

अनिष लेख्छन्, ‘प्रियंकालाई जोनी लिभरजस्तो देखिएको छ ।’

शिव कुमार गुप्ताले लेखे, ‘प्रियंका भारतबाट त मानिसको रुपमा गएकी थिइन्, भारत छोडेपछि उनलाई के भयो ?’

ललित राय लेख्छन्, ‘निक जोनस आफ्नो संस्कृति अनुसरण गरिरहेका छन् । प्रियंका उनको रंगमा रंगिइन् । प्रियंकासँग कुनै गुनासो छैन । यो उनको जीवन हो । तर निकका लागि हल्का ताली बजाउनुपर्छ ।’

मञ्जी नामका प्रयोगकर्ताले लेखे, ‘प्रियंका आफ्नो फेशन सेन्स भारतमा नै बिर्सिएकी छिन् । उनी भारत फर्कनुपर्छ ।’

संजय उप्रेती लेख्छन्, ‘कहिलेकाँही प्रशंसकको नाममा मानिसहरु मजाक उडाउँछन् । यो फोटोले त्यही कहानी बयान गरिरहेको छ ।’

आशिष गुप्ताले लेखे, ‘यो के पागलपन हो । तिमीले त तिम्रा प्रशंसकलाई हमलै नगरी मार्नेछौ ।’

डा. अंशु चौहान लेख्छिन्, ‘यदि फेशन यस्तो हो भने मलाई आफ्नो साधारण जीवनमा घमण्ड छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप