आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

ऋतिक र कंगनाबीच फेरि टक्कर

बुधबार, २५ वैशाख २०७६, १० : २९
बुधबार, २५ वैशाख २०७६

काठमाडौँ – बलिउड अभिनेता कंगना रनौत र ऋतिक रोशनबीच फेरि टक्कर हुने भएको छ । कंगना अभिनित फिल्म ‘मेन्टल है क्या’ र ऋतिकको फिल्म ‘सुपर ३०’ को रिलीज मिति एकै दिन परेपछि दुवैको टक्कर फेरि हुने भएको हो ।

कंगनाको फिल्म जून २१ बाट सारेर जूलाई २६ बनाइएको छ भने ऋतिकको फिल्मको मिति पनि जूलाई २६ मा नै तय गरिएको छ । फिल्म ‘मेन्टल है क्या’का प्रोड्युसर एकता कपूरको बालाजी मोसन पिक्चर्सले जानीजानी फिल्म नजुधाएको दाबी गरेको छ । ‘मेन्टल है क्या’को प्रोड्युस टीमले फिल्म वितरक, व्यापार विश्लेषक र अनुसन्धान टीमको सल्लाहमा फिल्मको रिलीज मिति सारेको बताएको छ । 

उनीहरुले सल्लाहकार टीमले फिल्मको रिलीज मिति सार्न सल्लाह दिएकाले रिलीज मिति सारिएको दाबी गर्दै यस सन्दर्भलाई लिएर कुनै विवाद र होहल्ला नगर्न आग्रह गरेको छ । 

ऋतिक र कंगना केहि समय पहिलेदेखि उनीहरुको प्रेम सम्बन्धलाई लिएर एक अर्काप्रति आरोप र प्रत्यारोप गर्दै आइरहेका छन् । ऋतिकसँगको प्रेम सम्बन्धका कारण कंगना बारम्बार चर्चामा आइरहन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप