नायकबाट राजनीतिज्ञ बनेका पवनले फिल्म फिर्तीका लागि पाए ३० करोड !
बुधबार, २५ वैशाख २०७६, १३ : १०
फिल्मी क्षेत्र छोडेर राजनीतिमा होमिएका नायक पवन कल्याण एकपटक पुनः पर्दामा फिर्ता हुने खबर छ । जन सेना चिफ पवन कल्याणले राजनीतिमा ध्यान केन्द्रीत गर्न फिल्मी क्षेत्र छोडेका थिए । तर हालै सार्वजनिक भएको खबर अनुसार पवन एकपटक पुनः पर्दामा फिर्ता हुने सम्भावना छ ।
तमिल सिनेमाको शीर्ष प्रोडक्सन हाउस ‘मैत्र मुभी मेकर्स’ ले उनलाई फिल्मी जगतमा फिर्ता ल्याउन लागेको बताइएको छ । खबरका अनुसार पवन कल्याणलाई फिल्मका लागि मोटो रकम एड्भान्समा अफर गरिसकिएको छ । यो पारिश्रमिक पवनलाई निकै अघि अफर गरिसकिएको थियो तर फिल्मलाई होल्डमा राखियो ।
पवनलाई फिल्मका लागि ३० करोड भारु एड्भान्स दिइएको खबर छ । टलिउड डट नेटको रिपोर्ट अनुसार चाँडै नै फिल्मबारे आधिकारिक घोषणा पनि गरिनेछ । प्रोडक्सन हाउसले फिल्मको सुटिङका लागि पवन कल्याणसँग मात्र ४० दिन माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण