आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कंगनाकी दिदीले ऋतिकलाई दिइन् चेतावनीः भनिन्, ‘अब हेर् बाबु, तेरो के हालत हुन्छ’

बिहीबार, २६ वैशाख २०७६, ०९ : ४२
बिहीबार, २६ वैशाख २०७६

कंगना रनौत र ऋतिक रोशनको विवाद निकै पुरानो हो । यी दुईको फिल्म ‘मेन्टल हे क्या’ र ‘सुपर ३०’ को रिलिज डेट जुधेपछि यिनीहरु पुनः विवादमा तानिएका छन् । यो मामलामा कंगनाकी दिदी रंगोलीले ऋतिक रोशनमाथि निशाना साँधेकी छिन् । रंगोलीले सोसल मिडिया अकाउन्टमा विभिन्न पोष्ट गर्दै ऋतिकमाथि कंगनाविरुद्ध नकारात्मक अभियान चलाएको आरोप लगाएकी छिन् ।

रंगोलीले आफ्नो ट्वीटर अकाउन्टमा लेखिन्, ‘युद्ध क्षेत्रमा भेट्नुको साटो पिठ्यँमा हमला गर्ने व्यक्तिसँग के आशा गर्नु ? तैंले र तेरो पिआरले कंगनालाई जति खसाल्छन् उनले पनि तँलाई त्यसरी नै हमला गर्नेछिन् । अहिलेसम्म उनले यसबारे सोच्थिनन् तर अब तँ हेर.... जादू ।’

यसमा एकता कपुरले जवाफ दिएकी छिन्, ‘एक–अर्काप्रति आक्षेप लगाउने ट्वीट सुरु भयो । मैले यसलाई फोहोर नबनाउने बाचा दिएकी छु र आफ्ना नायकबाट पनि त्यस्तै हुने बचन पाएकी छु । उनीहरुमाथिको नीजि आक्रमण बन्द होस् भन्ने चाहन्छु । किनभने यो मेरो निर्णय हो उनीहरुको होइन ।’

रंगोली यतिमा मात्र रोकिइनन् । उनले ऋतिकलाई चेतावनीसमेत दिइन् । उनले भनिन्, ‘बालाजी के कंगना रनौतको प्रोडक्सन हाउस हो जसने उनले चाहेको बेलामा फिल्म रिलिज गरोस् । तर पप्पु त पप्पु नै हुन्छ । कमन सेन्स नै छैन । अब हेर् बाबु, तेरो के हालत हुन्छ ।’

रंगोलीले अर्को ट्वीट गरिन्, ‘कंगनाले एकता कपुरलाई २६ जुलाईमा मेन्टल हे क्या रिलिज नगर्न सल्लाह दिइन् तर एकताले एक निर्माताको रुपमा आफूलाई फिल्मको मीति तोक्ने अधिकार भएको बताइन् । त्यसपछि उनले आफ्नो बाल्यकालका साथी ऋतिक रोशनसँग भेटिन् र दुबै मिलेर यो निर्णय लिए ।’

स्मरण रहोस्, हालै कंगना रनौतको फिल्म ‘मेन्टल हे क्या’ को रिलिज डेट परिवर्तन गरिएको छ । अब यो २१ जूनको साटो २६ जुलाईमा रिलिज हुनेछ । यस्तै २६ जुलाईमा नै ऋतिक रोशनको फिल्म सुपर ३० पनि रिलिज भइरहेको  छ । रिलिज मितिको विषयमा मेन्टल हे क्याका मेकर्सले लेखे, ‘मेन्टल हे क्याको बक्स अफिसमा २६ जुलाईमा अर्को फिल्मसँग टक्कर हुँदा विभिन्न अडकलीबाजी गरिएका छन् । फिल्मको रिलिज डेट डिस्ट्रिब्यूटर्स, ट्रेड एनालिस्ट , उच्च स्तरीय रिसर्च टिमको सुझावपछि परिवर्तन गरिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप