क्यान्सरपीडित दिग्गज अभिनेता मुखर्जीको निधन
बिहीबार, २६ वैशाख २०७६, ११ : ३७
दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
उनी ७४ वर्षका थिए ।
मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्याइएको स्रोतले बताएको छ ।
उनका दुई छोरी र एक छोरा छन् । उनकी जेठी छोरी जोजो मुखर्जी हुन् जो गायिका हुन् । अर्की छोरी टिना मुखर्जी मोडल हुन् भने छोरा डेबोप्रियो मुखर्जी नायक हुन् ।
मुखर्जी विगत पाँच दशकदेखि बंगाली फिल्मी क्षेत्रमा कार्यरत छन् । उनका दुई बोन, चुती, श्रीमान् पृथ्वीराज, ब्योमकेश, चिरियाखानालगायतका फिल्म चर्चित छन् ।
उनी बंगाली थिएटरका पनि चर्चित व्यक्तित्व हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण