आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

‘मेरो नाम आलिया थियो सलमान खानले यसलाई बदल्न भने’

शुक्रबार, २७ वैशाख २०७६, १० : २६
शुक्रबार, २७ वैशाख २०७६

नायिका कियारा आडवाणीले आलिया भट्टका कारण आफूले नाम परिवर्तन गर्नुपरेको खुलासा गरेकी छिन् । यस्तो गर्न सलमान खानले सुझाएको उनले बताएकी छिन् । हालै ‘फिट अप विद द स्टार्स सिजन टु’ को एक एपिसोडमा कियाराले यसबारे खुलासा गरेकी हुन् ।

कियाराले भनिन्, ‘आलिया मेरो पहिलो नाम हो तर आलिया भट्टका कारण सलमानले मलाई यो परिवर्तन गर्न सुझाव दिए किनभने बलिउडमा एकै नामका दुई अभिनेत्री हुनसक्दैनन् । ’

उनले थपिन्, ‘नाम परिवर्तन गर्न उनले भने तर कियारा नामको छनोट म आफैंले गरेकी हुँ । अब त मेरा आमा–बुवाले पनि मलाई कियारा भनेर बोलाउन सुरु गरेका छन् ।’

अन्तरवार्तामा जब उनलाई अडिशन नदिई ‘लस्ट स्टोरिज’ मा कसरी काम पाइयो भन्ने प्रश्न सोधियो । यसको जवाफमा उनले भनिन्, ‘यसमा करण जोहरको नजर थियो । उनी एक अभिनेत्रीलाई छान्छन् र उनलाई राम्रोसँग थाहा छ कि कुन पात्रले भूमिकालाई न्याय दिन सक्छन् ।’

लस्ट स्टोरिजमा कियाराः

जब कियारा ‘लस्ट स्टोरिज’ मा भाइब्रेटरसँगको दृष्यलाई छायांकन गरिरहेकी थिइन् तब करणले उनलाई बताएका थिए, ‘यसलाई काटुर्न नबनाउ, बिल्कुल वास्तविक बनाउ । यो एक निकै रोचक दृश्य हो तर यसलाई हास्यास्पद नबनाओस् ।’

सन् २०१४ मा फिल्म ‘फुगली’ बाट करियरको सुरुवात गर्ने कियारा ‘एम.एस.धोनीः द अनटोल्ड स्टोरी’, ‘मशिन’, ‘लस्ट स्टोरिज’, ‘कलंक’  ‘भारत आने नेनु’, ‘विनया विधेया रामा’ जस्ता विभिन्न तेलुगु फिल्ममा काम गरिसकेकी छिन् । कियारा ‘गुड न्यूज’, ‘कबिर सिंह’, ‘शेरशाह’ र ‘कंचना’ को रिमेकमा देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप