ट्वीटर प्रयोगकर्ताले समाते अक्षय कुमारको झुट !
अक्षय कुमारको क्यानडा नागरिकतामाथि चलिरहेको विवादका बीच एक सोसल मिडिया प्रयोगकर्ताले उनीमाथि झुटो स्पष्टिकरण दिएको आरोप लगाएका छन् । प्रयोगकर्ताले आफ्नो भनाईको पुष्टि गर्न केही ट्वीट पनि पोष्ट गरेका छन् ।
अक्षय कुमारको नागरिकतामाथि चलिरहेको विवादबीच उनले स्पष्टिकरणसहित ट्वीट गरेका थिए जसमा उनले विगत सात वर्षदेखि आफू क्यानडा नगएको बताएका थिए ।
यसमा एक सोसल मिडिया प्रयोगकर्ताले अक्षयमाथि झुटो बोलेको आरोप लगाउँदै ट्वीट सेयर गरेका छन् । तीमध्ये एक ट्वीट गायक मिकाको छ । यो सन् २०१४ मार्च ८ तारिखको ट्वीट हो । मिकाले ट्वीट गरेका छन्, ‘गुडमर्निङ’ । अक्षय कुमार, राज कुन्द्रा, शिल्पा शेट्टी, राहुल खन्नासँग शानदार पार्टी गरियो । मिकाले ह्याशट्याग लेखेका छन् ‘किशोर लुला टोरोन्टोमा’ ।
दोस्रो स्क्रिनशटमा अक्षय कुमार टोरोन्टोको एउटा होटलमा टिना विरमानीको संगीतमा र अर्को एक तस्बिरमा विवाहमा सरिक भइरहेको देख्न सकिन्छ ।
— Akshay Kumar (@akshaykumar) May 3, 2019
अक्षय आफ्नी श्रीमती ट्विंकल खन्नासँग भोट दिन नपुगेपछि उनको नागरिकतामाथि विभिन्न प्रश्न तेर्साइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण