बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोदी ‘भारतका विभाजनकारी प्रधानमन्त्री’ !

शनिबार, २८ वैशाख २०७६, ११ : ०६
शनिबार, २८ वैशाख २०७६

बीबीसी । अमेरिकाबाट प्रकाशित हुने चर्चित म्यागजिन ‘टाइम’ले आफ्नो नयाँ अंकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आवरण कथा गरेको छ । 

म्यागजिनको आवरणमा नरेन्द्र मोदीको पेन्टिङ तस्वीर छ जसको छेउमा लेखिएको छ ,‘भारतका विभाजनकारी प्रधानमन्त्री’ । 

टाइम म्यागजिनले आवरण पृष्ठलाई ट्वीट गर्दै लेखेको छ ,‘टाइमको नयाँ अन्तराष्ट्रिय आवरणः के संसारको सबैभन्दा ठूलो लोकतन्त्रले मोदीको सरकारलाई आगामी पाँच वर्षसम्म थप झेल्न सक्ला ?’
म्यागजिन २० मेमा बजारमा आउनेछ । भारतमा मे १९ मा लोकसभा निर्वाचन अन्तर्गतको अन्तिम चरणको निर्वाचन हुनेछ । निर्वाचनको अन्तिम परिणाम मे २३ मा बाहिरिनेछ । 

के छ ‘टाइम’को फिचरमा ?
प्रिन्ट भर्सनमा आउन बाँकी भए पनि ‘टाइम’को वेबसाइटमा आवरण स्टोरी प्रकाशित भइसकेको छ । त्यसमा मोदी गुजरातको मुख्यमन्त्री भएदेखि भारतको प्रधानमन्त्री भए सम्मको चर्चा र विश्लेषण छ ।  
मोदी सन् २०१४ मा अभूतपूर्व सिटसहित प्रधानमन्त्री बनेका थिए । स्टोरीमा मोदीका उलेख्नीय कार्यको पनि चर्चा छ । 

टाइम म्यागजिनको प्रिन्ट भर्सन भारतमा आउन बाँकी रहेपनि त्यसको आवरण फोटो भारतीय समाजिक संजाल प्रयोगकर्तामाझ ‘ट्रेण्ड’मा आइसकेको छ । 

यस फोटोलाई लिएर प्रयोगकर्ताले फरक फरक धारणा राखेका छन् । मोदीका समर्थकले टाइमको आवरणको विरोध गरिरहेका छन् । अर्को तर्फ केहीले टाइमको आवरण कथाले पूर्ण रुपमा सही कुरा गरेको भन्दै समर्थन गरिरहेका छन् ।

केही भारतीयले भने टाइमजस्तो विश्वस्तरीय म्यागजिनको आवरणमा आउनुलाई मोदीको लोकप्रियतासँग जोडेर हेरिरहेका छन् । 

यस अघि पनि सन् २०१५ मेमा टाइम म्यागजिनले मोदीमाथि आवरण कथा गरेको थियो । ‘ह्वाई मोदी म्याटर्स(मोदी किन महत्वपूर्ण छन् ) भन्ने स्टोरीमा मोदीबारे सन्तुलित विश्लेषण थियो । 

मोदीकै समर्थकमध्य केहीले टाइमजस्तो विदेशी मिडियासँग भारतको प्रधानमन्त्रीविरुद्ध लेख्ने कुनै अधिकार नभएको लेखेका छन् । 

भारतमा चर्चामा रहेको आवरण स्टोरीका लेखक आतिश तासीर हुन् । ब्रिटेनमा जन्मे र उतै हुर्के आतिश भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन् । 

टाइम म्यागजिनले सधैं मोदीको आलोचना मात्र गरेको छैन । सन् २०१६ मा म्यागजिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाठक सर्वेक्षणको आधारमा वर्ष व्यक्ति(पर्नन अफ द इयर)घोषणा गरेको थियो । मोदीले सबैभन्दा धेरै १८ प्रतिशत मत पाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप