एमी ज्याकसनपछि यी नायिका पनि विवाह अघि नै आमा बन्दै
बलिउड नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि विवाह अघि नै आमा बन्न लागेकी छिन् । ब्रुना ब्राजिलियन मोडल हुन् र उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले गत वर्षको जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी थिइन् । एक अन्तरवार्तामा ब्रुनाले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । ब्रुनाले अन्तरराष्ट्रिय मदर्श डेको एक दिन अघि यसबारे जानकारी दिएकी हुन् ।
विवाहलाई आवश्यक ठान्दिनन् ब्रुनाः
अन्तरवार्ताको क्रममा जब उनलाई विवाह अघि नै आमा बन्न लाग्नुभयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विवाह तपाईंको प्रेमलाई दिइने एउटा प्रमाणपत्र मात्र हो । यसले दुई व्यक्तिलाई सँगै बस्नका लागि बाध्य बनाउँछ । केही मानिस विवाहै नगरी सँगै बस्छन् ।’
हाम्रो परिवार खुसी छः ब्रुना
ब्रुना पाँच महिनाकी गर्भवती हुन् । उनले आफ्नो बच्चा निकै स्वस्थ भएको बताइन् । उनी भन्छन्, ‘हाम्रो परिवार यो खुसीको खबरले निकै खुसी र उत्साहित छ । विशेषगरी मेरी आमा । उहाँ म आमा बनोस् भन्ने चाहनुहुन्थ्यो । एलन र म आफ्नो पहिलो सन्तानलाई निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं । जब मलाई म गर्भवती भएको भन्ने थाहा भयो तब मसँग विभिन्न काम थिए । सुरुमा मैले आफ्ना सबै काम पूरा गरेँ र त्यसपछि यसबारे खुलासा गरेँ । बच्चाको जन्म पछि म धेरैजसो समय उसैसँग बिताउनेछु ।’
अन्तिम पटक उडनछुमा देखिएकी थिइन्ः
ब्रुना हेट लभ स्टोरी, ग्रान्ड मस्ती, मस्तीजादे र क्यासजस्ता फिल्ममा काम गरिसकेकी छिन् । यसबाहेक उनले विभिन्न रियालिटी शोमा पनि काम गरिसकेकी छिन् । यसमा खतरोंका खिलाडी, नच बलिए सिजन सिक्स र कमेडी क्लासेज संलग्न छन् । उनलाई अन्तिम पटक उडनछुमा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण