धर्मेन्द्रले किन भने, ‘थाहा भएको भए सन्नी देओललाई चुनाव लड्न दिन्नथेँ’
भारतको गुरदासपुरमा छोरा सनी देओलका लागि लोकसभा चुनावको अभियानमा पुगेका नायक धर्मेन्द्रको एक बयानलाई त्यहाँका स्थानीयले निकै रुची दिएर सुने । वास्तवमा धर्मेद्रका जेठो छोरो सन्नी देओल बिजेपीको टिकटमा पंजाबको गुरदासपुर लोकसभा सिटबाट चुनाव लडिरहेका छन् । उनीविरुद्ध कांग्रेसका उम्मेद्वार एवं बलराम जाखडका छोरा सुनिल जाखड उम्मेद्वार हुन् ।
धर्मेन्द्रले भने, ‘ गुरदासपुरमा हाम्रा साथी बलराम जाखडका छोरा सुनिल जाखड सनीका प्रतिद्वन्द्वी हुन् भन्ने यदि थाहा भएको भए सायद सनीलाई यहाँबाट चुनाव लड्न दिन्नथेँ ।’
न्यूज एजेन्सी एएनआईका अनुसार धर्मेन्द्रले भने, ‘सुनिल जाखड त मेरो छोराजस्तै हुन् । उनका पिता बलराम जाखडसँगको मेरो सम्बन्ध निकै गहिरो छ । उनी एक अनुभव राजनीतिज्ञ हुन् । ’
उनले भने, ‘हामी नेता होइन सेवक बनेर मानिसहरुको सेवा गर्न आएका छौं । हामी यहाँ भाषण दिन होइन मानिसहरुको पीडा बुझ्न आएका हौं ।’
धर्मेन्द्र आफैंले पनि बिजेपीको टिकटमा लोकसभाको चुनाव लडिसकेका छन् । नायकले भने, ‘मैले बिकानेरमा पाँच वर्ष त्यो काम गरेर देखाएँ जुन ५० वर्षमा भएको थिएन । बिकानेर चुनाव लड्नुअघि भाजपाले पटियालाबाट चुनाव लड्ने प्रस्ताव राखेका थिए तर मैले उक्त सिटमा क्याप्टेन अररिन्दर सिंहली श्रीमती परनित कौरले चुनाव लडिरहेको थाहा पाएँ । म उनका निकै सम्मान गर्छु त्यसकारण मैले त्यहाँ चुनाव लड्न अस्विकार गरेँ ।’
धर्मेन्द्रले भने, ‘छोरा सनीले पाइरहेको प्रेमका कारण म निकै भावुक भइरहेको छु । उनको र्यालीमा भीड देखेर निकै खुसी लाग्छ । मलाई थाहा छ कि हामीलाई धेरैले माया गर्नुहुन्छ तर सनीका लागि मानिसहरुको प्रेम देखेर मन आनन्दित हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण