दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को गीत सार्वजनिक
काठमाडौं – अभिनेता राईको मुख्य भुमिका रहेको फिल्म ‘आप्पाको अमला बोलको नयाँ गीत सार्वजनिक भएको छ । रेनेशा वान्तवा राईको नृत्य निर्देशन रहेको गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत, मेलिना राई र एसडी योगीको स्वर छ ।
गीत सार्वजनिक सँगै निर्माण युनिटले नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन् । २४ जेठमा आउने भनिएको यो फिल्म अब १३ असारबाट प्रदर्शनमा आउने छ ।
किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
बाबु छोराको सम्बन्धको कथा बिषय बनाइएको फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । अनमोलको यो डेब्यु फिल्म हो । माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण