मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

महाविधेशनको तयारीमा युवासंघ, यस्तो छ संगठनभित्रका अन्तरकथा

आइतबार, २२ साउन २०७४, १३ : २७
आइतबार, २२ साउन २०७४

 काठमाडौं– एमालेले भातृ संगठन युवा संघले महाधिवेशन मिति आज तोक्ने भएको छ । २०६९ फागुन ११ गते बुटवलमा भएको महाधिवेशनबाट महेश बस्नेत अध्यक्ष भएयता युवासंघको महाधिबेसन हुन सकेको छैन । बस्नेतपछि अन्य दुई जनाले नेतृत्व पाएपनि अहिलेसम्म महाधिवेशन भने भएको छैन । 


आईतबार बस्ने स्थायी समिति बैठकले महाधिवेशनको मिति तोक्ने पदाधिकारी प्रभात कटुवालले बताए । यसअघि बस्नेत मन्त्री हुने भएपछि नेतृत्व कसले लिने भन्नेमा युवासंघमा चर्को विवाद भएको थियो । माधव कुमार नेपाल समुहकी दिलु पन्तले नेतृत्व पाउनुपर्ने दावी गरेपनि केपी ओली पक्षको बहुमत भएपछि निरु पालले नेतृत्व पाएकी थिइन ।

उनीपछि पन्तविरुद्ध नै हस्ताक्षर अभियानको नेतृत्व गरेका राजीव पहारीले नेतृत्व पाएका थिए । पहारीले ६ महिनामा महाधिवेशन गर्ने सर्त पुरा नगरेपछि आलोचना भएको थियो । युवा संघका नेता फुर्वा तामाङले भने‘ राजीव पहारीले नेतृत्व पाउँदा ६ महिनामा महाधिवेशन गर्छु भनेको हो । तर १८ महिनासम्म पनि उहाँले महाधिवेशनको साइत जुराउन सक्नु भएन । यो पद लम्ब्याउने खेल हो ।’


अल्पतको विजय 
बुटवलमा भएको महाधिवेशनबाट बहुमतमा रहेको संस्थापन पक्षले अहिलेसम्म आफु अनुकुल संगठन चलाउदै आएको माधव नेपाल पक्षका एक जना सचिवले बताए । ति सचिवले भने ‘महाधिवेशनको मुखैमा आएर अल्पतका सबै मुद्धाहरु स्थापित भएका छन् ।’

संस्थापनले पार्टीको विधानविपरित अन्तर जिल्ला कमिटी ३ बर्षदेखि चलाउदै आएका थिए । यो बैठकबाट त्यो बिघटन भएपछि आफ्नो समुहको जित भएको नेपाल पक्षका स्थायी सदस्यले बताए । देश संघीयतामा गएसँगै एमाले पार्टीले आफ्ना कमिटी त्यहि अनुसार बनाएको थियो । तर युवा संघ संस्थापन पक्ष जान मानिरहेको थिएन । नेपाल समुहहरुले  गाउँपालिकाबाट १ जना,नगरपालिकाबाट २ जना, उपमहानगरपालिकाबाट ३ जना र महानगरपालिकाबाट ४ जना महाधिवेशन प्रतिनिधि आउन पाउने व्यवस्थाको माग राख्दै आएका थियो । 


बहुमत संयोजक नेपाल पक्षका
केहि महिना पहिला बसेको बैठकले विवाद मिल्यो भनेपनि युवा संघमा विवाद झन् चर्कदै गयो । तर, बैठकबाट अल्पमत पक्षले ७ प्रदेशमा ४ प्रदेश संयोजक लिन सफल भएपछि अबको महाधिवेशनमा बहुमत हुने नेपाल पक्षका एक संयोजकले बताए । उनले भने ‘७ प्रदेशमा ४ प्रदेशको संयोजक पाएपछि हामी महाधिवेशनमा चार प्रदेशमा ६० प्रतिशत होल्ड गर्छौ ।’ हरेक प्रदेशको संयोजक ओली समुहको हुँदा सहसंयोजक नेपाल समुहका छन् । नेपाल समुहका संयोजक हुदा सहसंयोजक ओली समुहका छन् । 


१)१ नं प्रदेश संयोजक परशुराम बस्नेत ओलील समुह,सहसंयोजक हिमाल लिम्बु नेपाल समुह
२,)२ नं प्रदेश संयोजक मन्जु यादव नेपाल समुह । सहसंयोजक राममणि मिश्र ओली समुह
३)३ नं प्रदेश प्रकाश गौतम ओली समुह । सहसंयोजक नितेश पौडेल नेपाल समुह ।
४)४ नं प्रदेश संयोजक क्रान्ति बुर्लाकोटी नेपाल समुह । सहसंयोजक शिव पौडेल ओली समुह ।
५) ५ नं प्रदेश संयोजक मनोहर बुढाथोकी ओली समुह । सहसंयोजक सरिता श्रीस नेपाल समुह ।
६)६ नं प्रदेश संयोजक हस्तबहादुर शाहि नेपाल समुह । सहसंयोजक निपेन्द्र महत ओली समुह ।
७) ७ नं प्रदेश संयोजक नरेश शाहि नेपाल समुह । सहसंयोजक गजेन्द्र शाहि ओली समुह ।


नेपाल समुहबाट प्रदेशको संयोजक भएका सबै सचिवहरु हुन । ओली समुहबाट बस्नेत सचिव हुन् । ओली समुहबाट प्रदेशको संयोजक भएका दुई जनामा गौतममात्रै केन्द्रीय सदस्य हुन् । उनको मातहतमा अब युवा संघका स्थायी समिति सदस्य, पदाधिकारीहरु रहने छन् । पदीय हैसियतले गौतम केन्द्रीय सदस्य भएपनि महाधिवेशन नहुन्जेले प्रदेश नं ३ मा उनले नै आफु भन्दा माथिका नेताहरुको खटनपटन गर्नेछन् । उपत्यका इन्चार्ज तथा सचिवालय सदस्य निरेशलाल सिंहले भने‘ प्रदेशको संयोजक स्थायी समितिले तोकेको हो । हामीले मान्नुपर्छ । तर सचिवालयको बैठक बोलाए यो विषयमा उठाउछु । ’


अर्का संयोजक बुढाथोकी पनि सचिवालय सदस्य हुन् । जबकि उनी भन्दामाथि स्थायी समिति छ । बुढाथोकिको खटन पटनमा स्थायी समिति सदस्यहरुले पनि चल्नुपर्नेछ । एक जना ओली समुहका स्थायी समिति सदस्यले भने ‘युवा संघमा विधि विधानले केहि चल्दैन । सबै कुरा पावरसेयरिङमा चल्छ । जबकी अर्का ओली समुहकै सचिव बचन सिंहलाई ३ नं प्रदेशको संयोजकको जिम्मेवारी दिनखोज्दा उक्त समुहले नै विरोध गरेपछि केन्द्रीय सदस्यलाई जिम्मा दिएका ती स्थायी सदस्यले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप