अक्षय कुमारको ‘भूल भुलैया’ को सिक्वल बनाउँदै भूषण कुमार
बुधबार, ०१ जेठ २०७६, ०९ : ५७
एजेन्सी – अक्षय कुमार र विद्या बालन अभिनित फिल्म भूल भुलैयाको सिक्वल बन्ने भएको छ । सन् २००७ को सफल उक्त फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।
बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्नेछन् ।
भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । यो फिल्म मणिचित्रीथुको रिमेक थियो । फिल्ममा अक्षय कुमार, विद्या बालन, शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो । ऐजेन्सीको रिपोर्टको अनुसार सिक्वल फिल्ममा अभिनय गर्ने कलाकार परिवर्तन हुन सक्नेछन् ।
भूषण कुमारले फिल्मको नाम भूल भुलैया २ रजिस्टर गरिसकेका छन् । छिट्टै फिल्मको विषयमा आधिकारिक घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण