युवराजको ‘देउरालीको फूल’ सार्वजनिक
बुधबार, ०१ जेठ २०७६, ११ : ०२
काठमाडौं – सिर्जनशील कवि युवराज अधिकारीको पहिलो गीतिसंग्रह (एल्बम) ‘देउरालीको फूल’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालल उक्त एल्बम सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नेता खनालले एल्बममा रहेका गीतहरुले आफ्नो मन छोएको बताए । उनले स्तरिय गीत संगीतको अभाव भइरहेको समयमा यस्तो गीत बजार भित्रिनु सुखद हुने धारण राखे ।
सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल र स्वरूपराज आचार्य, प्रमोद खरेल र मिना निरौलाले स्वर दिएका छन् ।
नेपालवायु सेवा निगमको जागिरे उनी बेलाबेलामा समय मिलाएर गीत, कविता, कथा लगायतमा कलम चलाउदै आएका छन् । एल्बम ‘देउरालीको फूल’का तीन गीतको भिडियो समेत निर्माण गरिएको छ । ति मध्य ‘आँशु आफैं’ बोलको गीतको म्युजिक भिडियो अत्याधिक लोकप्रिय बनेको छ ।
१६ वर्षको उमेरमै ‘मेरो चित्कार’ कविता संग्रह बाहिर ल्याएका अधिकारी अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य पनि हुन् । उनका कविता बेला बेलामा ‘मधुपर्क’मा पनि प्रकाशन हँुदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण