चाकरी
एकजना गरीब थियो । ऊ जतिसुकै दुःख झेल्नु परे पनि धनीमानी साहुको चाकरी गर्दैनथियो ।
एक पटक एकजना धनवान् उसलाई सोध्यो, “म यति धनवान् छु तर पनि तँ मेरो चाकरी गदैनस् किन हँ ?”
चाकरी गरेका भरमा तिमी तिम्रो धन कसैलाई दिने हैन क्यार ! म बेकारमा तिम्रो चाकरी किन गरुँ ?” गरीबले भन्यो ।
“ए त्यसो पो ! यदि मैले मेरो धनको २० प्रतिशत तँलाई दिएँ, भने तँ मेरो चाकरी गर्छस् त ?”
“अहँ गर्दिनँ । त्यसो गर्दा म आफूलाई अन्यायको शिकार भएको ठान्नेछु । तिम्रो चाकरी गर्ने त कुरै छैन ।”
“यदि मैले मेरो सम्पत्तिको आधा हिस्सा तँलाई दिए भने नि !”
“त्यति बेला पनि म तिम्रो चाकरी गर्दिनँ । आधा सम्पत्ति दियौ भने मेरो औकात पनि तिम्रो बराबर हुन्छ । त्यो अवस्थामा म तिम्रो चाकरी किन गर्छु हँ ?”
यदि मैले मेरो भएभरको सबै सम्पत्ति तँलाई दिँ भने त चाकरी गर्लास् नि हैन ?”
“अहँ गर्दिँन । त्यतिबेला त म आफैं धनवान् बन्नेछु । धनवान् बनेपछि त झन् तिमीजस्ताको चाकरी गर्नुपर्ने जरुरत नै पर्दैन ।”
गरीबले आफ्नो अगाडि यसरी ठाडठाडै चाकरीका विरोधमा कुरा रखोको सुनेर धनवान् छक्कै पर्यो । उसले सोच्यो, स्वाभिमानी र हिम्मतदार छ भने जतिसुकै गरीब भए पनि त्यससित टक्कर लिनु गाह्रो कुरा हो । यस्ता मान्छेले कल्पना र सपनामा पनि कहिल्यै हार्न जानेका हुँदैनन् । चाकरीका त कुरै छोडौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण