कंगनाले १० दिन यसरी घटाइन् ५ किलो तौल, अब कान्स फिल्म फेस्टिबलमा देखाउनेछिन् हट फिगर
बलिउड नायिका कंगना रनौत आजकाल आफ्ना नयाँ फिल्म पंगाका लागि निकै पसिना बगाइरहेकी छिन् । फिल्ममा कंगना एक कबड्डी खेलाडीको रुपमा देखिनेछिन् । यसका लागि कंगनाले निकै तौल बढाएकी पनि थिइन् । तर अब कान्स फिल्म फेस्टिबलका लागि कंगना रनौत पुनः सेपमा आइसकेकी छिन् ।
रिपोर्टलाई मान्ने हो भने व्यायाममार्फत् उनले १० दिनमा पाँच किलो तौल घटाएकी छिन् ।
कंगना रनौतलाई हालै योगेश भटेजाको स्टुडियोमा देखिएको थियो । कंगना आफ्नो कान्स लुकका लागि वर्कआउट गरिरहेको देखिएकी थिइन् । फिटनेस ट्रेनर योगेशले एक अन्तरवार्तामा भने, ‘कंगनाले फिल्म पंगाका लागि तौल बढाउनु थियो । यस्तोमा हामीले धेरै क्यालोरी भएको खानेकुरा डाइटमा समावेश गर्यौं । उनको लागि यो त्यति सजिलो थिएन किनभने तौल घटनाउनका लागि सिधा क्यालोरी कम गर्नुपर्छ । पंगाका लागि १०–११ घण्टा सुटिङ गरेपछि कंगनाले दिनमा दुईपटक वर्कआउट गरे । यसरी कंगनाले आफ्नो उद्देश्य प्राप्त गरेकी हुन् ।’
कंगना एक उत्कृष्ट नायिका हुनुका साथै स्टाइलिस्ट पनि हुन् । कान्समा उनी दोस्रो पटक भाग लिँदैछिन् । यसपटक उनी कान्समा एक विशेष खालको साडीमा दखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण