कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा
एजेन्सी - आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको छ । ब्राजिलको पाँच शहरमा आयोजना हुने कोपा अमेरिका फुटबलका लागि प्रशिक्षक टेटेले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
टोलीमा नेइमार, गाब्रियल जेसस, रोबर्टो फिर्मिन्हो, फिलिप काउटिन्हो जस्ता स्टार खेलाडीले स्थान बनाएका छन् । चर्चित खेलाडी मार्सेलो र भेनेसियस जुनियरलाई टोलीमा समावेश गरिएको छैन । रक्षक मार्सेलो पछिल्लो समय रियलमा समेत जम्न सकिरहेका छैनन् । मार्सेरोसँगै फाबिन्हो र लुकास मौरालाई पनि टोलीमा राकिएको छैन ।
ब्राजिल टोलीको गोलरक्षकमा एन्डरसन, एलिसान र कासियो छन् । रक्षमकमा डानी अल्भेस, थिएगो सिल्भा, मार्कविन्होस, फिलिप लुइस, मिरान्डा, फाग्नेर, इडेर मिलिटाओ र एलेक्स सान्ड्रो छन् । मिडफिल्डरमा एलान, आर्थर, कासिमिरो, फर्नानडिन्हो, लुकास र फिलिपकाउटिन्हो तथा स्ट्राईकरमा नेइमार, एभर्टन, रोबर्टो फिर्मिन्हो, गाब्रियल जेसस, डेभिड नेरेस र रिचार्लीसन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
-
साहित्यकार शर्माको निधन
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण