१५ वर्षकी आमाले खेतमा जिउँदै पुरिन् शिशु, कुकुरले माटो हटाएर बचायो ज्यान
थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ ।
डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए ।
सबैको हिरो बन्यो पिंगपंगः
उस्सालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए । आफ्नो आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए । उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो । यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ । ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु । अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन् । ऊ अब सबैको हिरो बनेको छ ।’
डरका कारण बच्चालाई गाडेकोः
उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन् । त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए । उक्त जानकारीपश्चात् बिहिबार किशोरीलाई पक्राउ गरियो । किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन् । किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन् ।
आरोपी किशोरीमाथि चल्न सक्छ मुद्दाः
किशोरीका आमा–बुवालाई बच्चाको हेरविचारका लागि प्रस्ताव गरियो । यद्यपी, पुलिस अधिकारी र बच्चाको परिवारबीच सहमती बन्न सकेन । अधिकारीले पुलिस र सरकारी कल्याण विभागका कर्मचारीलाई सुरक्षाको जिम्मेवारी दिएका छन् । गभर्नरका अनुसार पुलिस किशोरीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ तर बच्चाको हेरविचार बारे पनि सोच्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण