फोटो खिच्न छोडेर प्रियंका चोपडाको ड्रेस मिलाउन थाले निक जोनस (भिडियो)
आइतबार, ०५ जेठ २०७६, १३ : ०२
निक जोनस र प्रियंका चोपडा ग्ल्यामर इन्डष्ट्रिका चर्चित जोडीमध्ये एक हुन् । उनीहरुको जोडी देखेर धेरैलाई लोभसमेत लाग्न सक्छ । निक आफ्नी श्रीमतीलाई निकै माया गर्छन् भनेर थाहा पाउन उनीहरुको हाउभाउ र सोसल मिडिया नियाले पुग्छ , हालै निकको श्रीमतीप्रतिको यही मायालु व्यवहार कान्स फिल्म फेस्टिबलमा पनि देखियो । जहाँ उनी तस्बिर खिच्न छोडेर अचानक प्रियंकाको ड्रेस मिलाउन थाले ।
प्रियंका प्याजी रङको पहिरनमा थिइन् । निक जोनस कालो सुटमा थिए । दुबै सँगै फोटो खिचाउँदै थिए । यति नै बेला निकको नजर प्रियंकाको ड्रेसमा पर्यो । उनलाई केही गडबडी भएको भान भयो त्यसकारण फोटो खिच्दा खिच्दै क्यामराको पर्वाह नगरी उनी प्रियंकाको ड्रेस मिलाइदिन थाल्छन् । निकको यही अन्दाज सोसल मिडियामा छाएको छ । प्रशंसकले उनलाई ‘क्युट हस्बेन्ड’, ‘केयरिङ हसबेन्ड’ लगायतका उपनाम दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण