१३ वर्ष अघि मिकाले किन राखीलाई गरेका थिए जबरजस्ती चुम्बन ?
कुरा सन् २००६ को हो । गायक मिका सिंहको जन्मदिनको पार्टीको माहौल थियो । मिकाले पार्टीमा केक काट्ने बेला अचानक राखीलाई चुम्बन गरेका थिए जसका कारण राखी रिसले आगो भएकी थिइन् । सबैको अगाडि यही तस्बिर थियो । तर यसको वास्तविकता कसैलाई पनि थाहा थिएन । मानिसहरुले यसबारे आ–आफ्नो धारणा राखिरहेका थिए । राखीले मिकामाथि जबरजस्तीको आरोप लगाएकी थिइन् । यस्तै, मिका सिंहले राखीलाई पनि जबरजस्तीको आरोप लगाइरहेका थिए ।
मिकाले एक अन्तरवार्तामा भनेका थिए, ‘मैले मुम्बई अन्धेरीको कुनै पबमा आफ्नो जन्मदिनको पार्टी राखेको थिएँ । मैले यो पार्टीमा थोरैलाई मात्र बोलाएको थिएँ । यसमा चर्चित संगीतकार आशिष शेरवुड पनि समावेश थिए । मैले राखीलाई बोलाएको थिइनँ किनभने म उनको व्यवहारसँग राम्रोसँग परिचित थिएँ । तर उनी आशिषसँग आइन् र मसँग चाहिनेभन्दा बढी फ्रेन्डली हुन थालिन् । मलाई त्यसले केही फरक परेको थिएन । म पार्टीमा रमाइरहेको थिएँ ।’
मिकाले भने, ‘सबैकुरा राम्रोसँग चलिरहेको थियो । राखी पनि पार्टीमा रमाइरहेकी थिइन् । जब राखीले मेरो अनुहारमा केक लगाउने कोसिस गरिन् तब कुरा बिग्रियो । मलाई छालाको एलर्जी थियो त्यसकारण सबैलाई केक नदल्न आग्रह गरिरहेको थिएँ । तर मैले अस्विकार गरेपनि राखीले जबरजस्ती मेरो अनुहारमा केक दल्न कोसिस गरिन् । यसैकारण मलाई रिस उठ्यो । उनलाई पाठ पढाउनका लागि मैले उनलाई सबैको अगाडि चम्बन गरिदिएँ । ’
त्यसपछि राखीले ठूलै हंगामा गरिन् । यो घटना धेरै दिनसम्म चर्चामा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण