भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते विप्लवका कार्यकर्ताको मृत्यु
काठमाडौं– भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो ।
मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् ।
जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो ।
प्रहरीका अनुसार जङ्गलमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो ।
जवाफी फायरका क्रममा घिमिरे घाइते भएका थिए ।
घाइते बनेका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराउने क्रममा आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका भोजपुरका प्रहरी निरिक्षक प्रनव कुमार राजवंशीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण